aarthiknews.com शनिबार, १६ मंसिर २०८०   Saturday, 02 December, 2023
 
Royal Enfield
sarbottamcement

सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकमा अधिकारी नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ असोज २०८०
Global IME
ime Limited
सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकमा अधिकारी नियुक्त
DHI
nmb

काठमाडौं । सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकमा कविराज अधिकारी नियुक्त भएका छन् । राष्ट्रिय बाणिज्य बैंकबाट सेवा निवृत्त अधिकारी कोष सञ्चालक समितिले सोमबार चार बर्षका लागि कार्यकारी निर्देशक नियुक्त गरेको हो ।

 अधिकारी राष्ट्रिय बाणिज्य बैंकको उपप्रमुख कार्यकारी अधिकृतबाट अवकाश पाएका हुन् । कोषका यसअघिका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीको कार्यकाल सकिएपछि उक्त पदमा नयाँ नियुक्तिका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव हुमबहादुर केसीको संयोजकत्वमा सिफारिस उपसमिति गठन गरेको थियो । 

उपसमितिले तीन जनाको कविराज अधिकारी, अशोक पौडेल र लीलाराज ढकाललाई सिफारिस गरेको थियो । तीन जनमध्यबाट सञ्चालक समितिले अधिकारीलाई कोषको प्रमुखका रुपमा छानेको हो ।

प्रतिक्रिया दिनुहोस