aarthiknews.com शनिबार, १६ मंसिर २०८०   Saturday, 02 December, 2023
 
Royal Enfield
sarbottamcement

निःशुल्क कम्पनी दर्ता गर्ने व्यबस्था बल्ल कार्यान्वयनमा आयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ असोज २०८०
Global IME
ime Limited
निःशुल्क कम्पनी दर्ता गर्ने व्यबस्था बल्ल कार्यान्वयनमा आयो
DHI
nmb

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तब्य मार्फत घोषणा गरिएको निःशुल्क कम्पनी दर्ता गर्ने व्यबस्था कार्यान्वयनमा आएको छ । सरकारले बजेटमार्फत घोषणा गरेको निःशुल्क कम्पनी दर्ताको व्यवस्थाका लागि कार्यविधि बनाएपछि करिब ४ महिनापछि कार्यान्वयनमा आएको हो । 

सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी कम्पनी दर्ता गर्दा लाग्ने दस्तुर मिनाहा गरेको छ । आज प्रकाशित नयाँ कम्पनी दर्ता  कम्पनी ऐन २०६३ को दफा ५ बमोजिम कम्पनी दर्ता गर्दा अब कुनै शुल्क लाग्ने छैन ।

सरकारले युवालाई उद्योग खोल्न प्रोत्साहन गर्ने उद्देश्यले बजेटमार्फत यस्तो व्यवस्था गरेको हो । नवप्रर्वतनात्मक र सूचना प्रविधिमा आधारित कम्पनी स्थापना गर्न युवाहरुलाई कठिन नहोस् भनेर यस्तो व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । 

कम्पनी दर्ता सम्बन्धी नयाँ ऐन लागू भएपछि विदेशी कम्पनीले शाखा कार्यालय तथा सम्पर्क कार्यालय दर्ता तथा मुनाफा वितरण नगर्ने गरी कम्पनी स्थापना गर्दा लाग्ने शुल्क तथा दस्तुर पनि चालु आर्थिक वर्षका लागि पूर्ण छुट दिने निर्णय गरिएको छ । त्यस्तै, कम्पनीको खोरेजी र पूँजी वृद्धि सबै दस्तुर खारेज भएकाले थप शुल्क नलाग्ने सरकारी राजपत्रमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस