शीर्षकहरू

रोकिएन शेयर बजारको आरालो यात्रा, आज पनि ५.८९ अंकले घट्यो

रोकिएन शेयर बजारको आरालो यात्रा, आज पनि ५.८९ अंकले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज सोमबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से ५.८९ अंकले घटेर दुई हजार ४ दशमलब ४५ विन्दुमा बन्द भएको हो ।   

त्यस्तै, आज एक अर्ब ५६ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका ९२ कम्पनीको शेयरमूल्य बढेको छ भने १२९ कम्पनीकोे शेयरमूल्य घटेको छ । १० वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

सात कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा माइखोला हाइड्रोपावर लिमिटेड, एशियन हाइड्रोपावर लिमिटेड, मन्दाकिनी हाइड्रोपावर लिमिटेड, हिमालयन लघुवित्त वित्तीय संस्था, हिमालयन उर्जा विकास कम्पनी, सयपत्रि हाइड्रोपावर लिमिटेड र इस्टर्न हाइड्रोपावर लिमिटेड रहेको छ ।   

आज शुभम् पावर लिमिटेड र थ्रीस्टार हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको आज ७ करोड ६८ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।