शीर्षकहरू

आविवि मर्चेन्ट बैंकिङले बोलायो साधारण सभा, १३.१६ प्रतिशत नगद लाभांश प्रस्ताव

आविवि मर्चेन्ट बैंकिङले बोलायो साधारण सभा, १३.१६ प्रतिशत नगद लाभांश प्रस्ताव

काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले असोज २९ गते आठौं वार्षिक साधारण सभा बोलाएको छ । असोज २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले राष्ट्रिय वाणिज्य बैंकको केन्द्रिय कार्यालय सिंहदरबारप्लाजा, काठमाडौंमा अपरान्ह ४ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । कर समेत १३ दशमलव १६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव समेत सभाले पारित गर्नेछ ।