शीर्षकहरू

चिनिया लगानी अभिवृद्धि र व्यापार सहजीकरणको लागि सहकार्य

चिनिया लगानी अभिवृद्धि र व्यापार सहजीकरणको लागि सहकार्य

काठमाडौं । नेपालमा चिनिया लगानी अभिवृद्धि, पर्यटन प्रवर्द्धन र चीनतर्फmको निर्यात सहजीकरणको लागि दुवै सरकार र निजी क्षेत्रले सहकार्य गर्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ र चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल टेड (सिसिपिआइटी) लेसंयुक्त रुपमा आयोजना गरेको नेपाल चीन बिजनेस समिटमा दुवै तर्पmका उच्च पदस्थ अधिकारी र निजी क्षेत्रका प्रतिनिधिहरुले उक्त धारणा राखेका हुन् । 

द्धपक्षीय व्यापार प्रवर्द्धन, पर्यटन क्षेत्रको बिकास र नेपालमा चिनिया लगानी आकर्षित गर्ने उद्देश्यले आयोजित समिटका प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लगानीको वातावरण सुधार हुँदै गइरहेको बताए । उनले नेपालमा धेरै क्षेत्र अभैm पनि लगानीका लागि आकर्षक रहेकोले लगानीका लागि आग्रह गरे । 

नेपाल र चीनको परम्परागत सम्बन्ध रहेको बताउँदै दुइ देशको आपसी सम्बन्धले आर्थिक बिकास सम्भव भएको बताए । प्रधानमन्त्री दाहालले कुनै पनि मुलुक सरकार र निजी क्षेत्रको सहकार्य सहकार्यविना समृद्ध नहुने वताउदै उहाले त्यसका लागि वातावरण वनाउने बताए । उनले निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको र प्रवद्र्धनमा सरकार सधै तत्पर रहेको बताए । उनले महासंघले लगानी, पर्यटन र निर्यात प्रवद्र्धनमा देश विदेशमा पहल गरिरहेकोमा महासंघको सराहना पनि गरे । 

चीन नेपालमा सबैभन्दा धेरै लगानी गर्ने मुलुक रहेको र व्यापारमा दोस्रो ठूलो मुलुक भएपनि दुइ देशबीचको व्यापार घाटा चिन्ताको बिषय रहेको बताए । नेपालका कृषिजन्य उत्पादनहरुको चीनमा बजार रहेकाले व्यापार सहजीकरणको लागि प्रयत्न गर्नुपर्ने बताए  । नेपालमा चिनियाले लगानी बढाइरहेको र आगामी दिनमा पनि लगानी विस्तार हुने बताए ।