काठमाडौं । असोज १० गतेदेखि ललितपुरमा जुत्ता चप्पल व्यापार मेला हुने भएको छ । नेपाली उत्पादनको प्रर्वद्धन गर्न यहि असोज १० कात्तिक ३ गतेसम्म ललितपुर महानगरपालिकाको जाउलाखेलको खेल मैदानमा जुत्ता चप्पल व्यापार मेला हुने भएको हो ।
मेलामा वडादशैं पर्व लक्षित मेला भएकोले नयाँ नयाँ डिजाईनका जुत्ता चप्पल आकर्षक मुल्यमा उपलब्ध हुने आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । मेला विहान ९ बजेदेखि बेलुकी ७ बजेसम्म खुल्ला रहनेछ ।
मेलामा नेपालमा स्थापित चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र ब्राण्डहरु रोयल शुज, वेश फुटवेयरको उत्पादन फुटवेयरको क्रस रोड शुज, शुभकामना फुटवेयरको सिल, आरडि कलेक्सनको हाई लाईफ, केटिएम शुजको केटिएम, डिजे शुज कम्पनीको डिजेशुज, फुड फेशनको वेली शुज, सर अनिल ट्रेड लिंक्सको उत्सव र कोसेली छाला जुत्ता उद्योगको कोसेली सुज गरि ११ वटा कम्पनी र ब्राण्डहरुको सहभागिता रहनेछ ।
मेलामा ३ हजार भन्दा बढि मोडल र डिजाइनका जुत्ताहरु उपलब्ध हुनेछन । मेलामा नेपाली र गुणस्तरीय उत्पादन रहनेछन् । नयाँ उत्पादनहरु उक्त मेलामा लञ्च गरिने छन् । मेला अवधि भर विशेष छुटको व्यवस्था गरिनेछ । न्युनतम २० प्रतिशत देखि कतिपय उत्पादनहरुमा ५० प्रतिशतसम्म छुटको व्यवस्था मिलाइनेछ । मेला संयोजक होमनाथ उपाध्यायले जानकारी दिए ।