aarthiknews.com शुक्रबार, १५ मंसिर २०८०   Friday, 01 December, 2023
 
Royal Enfield
sarbottamcement

सरकार र शिक्षक महासङ्घबीच शुक्रबार बिहान वार्ता गर्ने सहमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ असोज २०८०
Global IME
ime Limited
सरकार र शिक्षक महासङ्घबीच शुक्रबार बिहान वार्ता गर्ने सहमति
DHI
nmb

काठमाडौं ।  विभिन्न माग राखी यही असोज ३ गतेदेखि आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घ र सरकारबीच आज भएको वार्ता सकारात्मक निश्कर्षसहित टुङ्गिएको छ ।  कानून, न्याय, तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले महाङ्घसँगको आजको छलफल सकारात्मक रहेको र शुक्रबार बिहान पुनः वार्तामा बसेर सहमति गर्ने टुङ्गो लागेको बताउनुभयो ।

“आज सकारात्मक छलफल भएको छ । बिहानको भन्दा अहिले बुँदागत रुपमा छलफल भएको छ । उनहरूले जुन माग राख्नुभएको थियो, त्यसैमा रहेर आज छलफल भएको छ । आज बिहानसम्म टुङ्गिन्छ”, उनले भने ।

त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले पनि छलफल सकारात्मक रहेकाले समस्याका समाधान हुनेमा आशावादी रहेको बताए । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थ मन्त्री डा प्रकाशशरण महत पनि वार्तामा सहभागी थिए। शिक्षक महासङ्घ र सरकारका बीच आज बिहान पनि वार्ता भएकोमा सहमति जुट्न सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस