शीर्षकहरू

तीन सय रुपैयाँले घट्यो सुनको मूल्य

तीन सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा आज तीन सय रुपैयाँले घटेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १२ हजार ५ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ९५० रुपैयाँ रहेको छ ।      

त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ४०५ रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ४१० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।