aarthiknews.com शुक्रबार, २२ मंसिर २०८०   Friday, 08 December, 2023
 
Royal Enfield

एनआईसी एशिया बैंकको ५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ असोज २०८०
Global IME
एनआईसी एशिया बैंकको ५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
DHI
nmb

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले ५ लाख कित्ता संस्थापक शेयर असोज ४ गतेदेखि बिक्रीमा ल्याएको छ । बैंकले प्रतिकित्ता ३६० रूपैयाँ मूल्य तोकेर उक्त शेयर वद्यमान संस्थापक शेयरधनीहरू लगाएत अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

इच्छुक खरीदकर्ताहरूले असोज १० गते अपरान्ह ३ बजेभित्र विक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

आवेदन पेश गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सक्नेछन् । धितोपत्र दोस्रो बजारमा बैंकको संस्थापक शेयरको मूल्य प्रतिकित्ता ३३१ रूपैयाँ ३० पैसा रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस