शीर्षकहरू

भदौमा दुई दर्जन सहकारी सहित साढे तीन हजार ऋणी कालोसूचीमा

भदौमा दुई दर्जन सहकारी सहित साढे तीन हजार ऋणी कालोसूचीमा

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो महिना अर्थात् भदौमा तीन हजार भन्दा बढी ऋणी कालोसूचीमा परेका छन् । यो महिनामा तीन हजार ८०६ जना ऋणी कालोसूचीमा परेका हुन् ।  

कर्जा सूचना केन्द्रले विभिन्न व्यवसाय गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएकाहरूले समयमै कर्जा फर्छ्यौट गर्न नसक्ने व्यक्ति तथा संस्थाहरूलाई कालोसूचीमा राख्ने गरेको छ । यसरी ऋण तिर्न नसकेर कालोसूचीमा पर्नेमा कृषि फार्मदेखि होटल, सहकारी, उद्योगी, व्यापारी, व्यक्ति तथा कम्पनी रहेका छन्। 

कर्जा सूचना केन्द्रका अनुसार भदौ महिनामा करिब दुई दर्जन सहकारी संस्था पनि कालोसूचीमा परेका छन् । महिनाको पहिलो दिन भदौ १ गते न्यु भिजन बचत तथा ऋण सहकारी संस्था कालोसूचीमा परेको छ । सो सहकारीका सञ्चालकहरूमा राजन खिन्जाजु, राम गोपाल चुल्यध र सुनिका बाके रहेका छन् ।   

त्यस्तै, भदौ ३ गते मित्र मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेड कालोसूचीमा परेको छ । यस सहकारीका सञ्चालहरुमा भिमलाल पौडेल, विजय लम्साल, कुशल पौडेल, रमन पौडेल, रनिता थापा र संगिता रेग्मी सुवेदी रहेका छन् । 

कृष्ण बहादुर जिसी र प्रदिप कुमार सिंह सञ्चालक रहेको लुम्बिनी बचत तथा ऋण सहकारी संस्था पनि कालोसूचीमा परेको छ । यो सहकारी संस्था गत भदौ ४ गते कालोसूचीमा परेको हो । यसै दिन शिव शिखर मल्टीपर्पोज को–अपरेटिभ पनि कालोसूचीमा परेको थियो । यस सहकारीका सञ्चालकहरूमा अमिस राज भण्डारी, भोजराज पौडेल, केदारनाथ शर्मा, पुष्कर मल्ल, राजु सहकर्मी, सुशील बानिया, तेज बहादुर तामाङ रहेका छन् । 

कर्जा सूचना केन्द्रका अनुसार बिन्दाबासिनी सेभिङ क्रेडिट को–अपरेटिभ सहकारी संस्था भदौ ४ गते नै कालोसूचीमा परेको छ । विपना मल्ल, गङ्गाबहादुर सुवेदी र सुभर्नमान नकर्मी यस सहकारी संस्थाका सञ्चालक रहेका छन् । यस्तै, अञ्जना राई, वासुदेव राई र मानप्रसाद राई सञ्चालक रहेको डेरिभेटिभ सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ भदौ ५ गते कालोसूचीमा परेको छ । यसै दिन खेमराज खड्का, सुनि राज भण्डारी जोशी र सूर्य बहादुर श्रेष्ठले सञ्चालन गरेको इनर्जी सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ सहकारी पनि कालोसूचीमा परेको छ ।   

भदौ ७ गते अग्नी सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ कालोसूचीमा परेको छ । यस सहकारीका सञ्चालकहरूमा रवीन्द्र श्रेष्ठ, राहुल प्रधान र रोशिना तामाङ रहेका छन् । लालिगुरास सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ सहकारी भदौ ८ गते कालोसूचीमा परेको छ । यस सहकारीका सञ्चालकहरूमा धन बहादुर तामाङ, ढुंडिराज बम्जन तामाङ र सोमनाथ थापा मगर रहेका छन् । 

सुमेरु सेभिङ एण्ड क्रेडिट सहकारी को–अपरेटिभ लिमिटेड पनि भदौ ११ गते कालोसूचीमा परेको छ । यस सहकारीका सञ्चालकहरूमा विकास महर्जन, विनोद आचार्य, दिलीप कुमार डंगोल, हेमराज दाहाल, रामकृष्ण अवाले, रमेश महर्जन, सुनिल डंगोल, स्वच्छन्द मानन्धर रहेका छन् । 

यस्तै, विनोद सुब्बा, दिपेन विश्वकर्मा, मिलन शंकर र तारा कुमार खत्री सञ्चालक रहेको सन्तुलित मल्टीपर्पोज को–अपरेटिभ भदौ १२ गते कालोसूचीमा परेका छ । भदौ १८ गते नेत्र थापा मगर र पवन पाख्रिन सञ्चालक रहेको पिन्गल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ कालोसूचीमा परेको छ । 

भदौ १७ गते दुई वटा सहकारी संस्था कालोसूचीमा परेका छन् । जसमा बबिता श्रेष्ठ, कुल बहादुर बानिया, मदन कार्की, सागर काफ्ले, सुवास दाहाल, सुरेश बानिया, उज्ज्वल लामा बोलोनले सञ्चालन गरेको डिल्लीबजार पिपलबोट सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ पनि रहेको छ । यसै दिन कालोसूचीमा पर्ने अर्को सहकारी हो, भिमसेन बहादुर तामाङ, बिमा महर्जन, विमल थापा र मस्त रावत सञ्चालक रहेको नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था ।  

देउराली उर्भर कृषिचुना तथा सहकारी उद्योग भदौ १९ गते कालोसूचीमा परेको छ । यसको सञ्चालक मदन लामा रहेका छन् । साथै भदौ २१ गते एग्रिकल्चर डेभलपमेन्ट मल्टीपर्पोज को–अपरेटिभ सहकारी पनि कालोसूचीमा परेको छ । यसका सञ्चालकहरूमा कृष्ण बहादुर घर्ती क्षेत्री, तेज विक्रम थापा र उमेशजंग थापा मगर रहेका छन् । 

ललित ब्युटिसियन बहुउद्देश्यीय सहकारी संस्था भदौ २० गते कालोसूचीमा परेको छ । यसका सञ्चालकहरूमा अर्जुन प्रसाद न्यौपाने, कमला सुवेदी, मञ्जु देवी तुलाधर, मिना कुमारी रिमाल, रुपा भट्टराई, सबिता डंगोल, सुबिला डंगोल र उर्सुला उत्साह सिंह रहेका छन् । सन्ध्या बचत तथा ऋण सहकारी संस्था पनि भदौ २६ गते कालोसूचीमा परेको हो । यसका सञ्चालकहरूमा खेम कुमारी राई, मानप्रसाद राई र राम कृष्ण उप्रेती रहेका छन् । 

त्यसैगरि, सन्देश राई र सृष्टि चाम्लिङले सञ्चालन गरेको गोल्डेनरोज बचत तथा ऋण सहकारी संस्था भदौ २९ गते कालोसूचीमा परेको छ । भदौ ३१ गते तीन वटा सहकारी संस्था कालोसूचीमा परेका छन् । जसमा हातेमालो साना किसान कृषि सहकारी संस्था, लक्ष्यराइज बचत तथा ऋण सहकारी संस्था र शिवम् सेभिङ क्रेडिट अपरेटिभ रहेका छन् । 

हातेमालो सहकारीका सञ्चालक निर्मला गौतम र रामबहादुर विश्वकर्मा रहेका छन् भने लक्ष्यराइज सहकारीका सञ्चालकहरूमा निकेश अधिकारी, सहदेव तिमल्सिना र तिलक बहादुर कार्की रहेका छन् । त्यस्तै, शिवम् सहकारीका सञ्चालकहरूमा अर्जुन कुमार साह तेली, पुनम देवी साह, सावित्रीदेवी साह तेली, सन्तोषकुमार साह तेली, सुनिल कुमार साह, सूर्यनारायण साह तेली र सुशिलादेवी साह रहेका छन् ।