aarthiknews.com शुक्रबार, २२ मंसिर २०८०   Friday, 08 December, 2023
 
Royal Enfield

कुमारी ईक्वीटी फण्ड र कुमारी धनबृद्धि योजनाले वितरण गरे प्रतिफल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ असोज २०८०
Global IME
कुमारी ईक्वीटी फण्ड र कुमारी धनबृद्धि योजनाले वितरण गरे प्रतिफल
DHI
nmb

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित दुई योजनाहरूले यस वर्षको प्रतिफल वितरण गरेका छन् । दुबै योजनाले यस वर्षको प्रतिफल सम्बन्धित इकाईधनीहरूको बैंक खातामानै जम्मा गरिदिएको हो ।  

गत आर्थिक वर्ष ०७९/८० को लागि कुमारी ईक्वीटी फण्डले कर समेत १० प्रतिशत र कुमारी धनबृद्धि योजनाले कर समेत ६ प्रतिशत प्रतिफल वितरण गरेका हुन ।  

प्रतिफल प्रयोजनका लागि दुबै योजनाले भदौ १८ गते एक दिन बुक क्लोज गरेका छन् । बुक क्लोजको आधारमा भदौ १७ गते गतेसम्म कायम इकाईधनीहरूले मात्र यी दुई योजनाको प्रतिफल प्राप्त गरेका छन् । हालसम्म पनि हितग्राही खाता अद्यावधिक नगराएका इकाईधनीहरूलाई यथासिघ्र अद्यावधिक गराउन समेत योजनाहरूले आग्रह गरेका छन् । 
 

प्रतिक्रिया दिनुहोस