aarthiknews.com शुक्रबार, १५ मंसिर २०८०   Friday, 01 December, 2023
 
Royal Enfield
sarbottamcement

फरार रहेका ३४ अभियुक्तहरूको सजाय आम माफी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ असोज २०८०
Global IME
ime Limited
फरार रहेका ३४ अभियुक्तहरूको सजाय आम माफी
DHI
nmb

काठमाडौं । सरकारले सिफारिस गरेका गम्भीर अपराधमा सजाय फैसला भएर फरार रहेका ३४ अभियुक्तहरूको सजाय आम माफी रोकिएको छ । सरकारले संविधान दिवसको अवसरमा आम माफी दिन राष्ट्रपति कार्यालयलाई सिफारिस गरेका ३४ का हकमा मिनाहाको आधार र उनीहरूको विवरण राष्ट्रपतिले माग गरे पनि गृहमन्त्रालयले त्यसको जवाफ नपठाएपछि उनीहरूको माफी मिनाहा रोकिएको हो ।

त्यस्तै, राष्ट्रपतिको कार्यालयले ६ सय ७० कैदीकै भुक्तानी गर्न बाँकी कैद सजाय मिनाहा गरेको छ । सरकारले गरेको निर्णयअनुसार कानूनको अधीनमा रही जेष्ठ नागरिक, चरित्र सुधारलगायतका आधारमा ६ सय ७० कैदीहरूको असोज ३ देखि लागु हुनेगरी बाँकी कैद सजाय मिनाहा गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । समाचार पत्र

प्रतिक्रिया दिनुहोस