शीर्षकहरू

सन् २०२४ मा आर्थिक वृद्धिदर ४.३ प्रतिशत रहने

सन् २०२४ मा आर्थिक वृद्धिदर ४.३ प्रतिशत रहने

काठमाडौं । एशियाली विकास बैंक (एडीबी)ले नेपालको आर्थिक वृद्धिदरबारे प्रक्षेपण गरेको छ । बुधुबार एडीबीले सार्वजनिक गरेको रिपोर्ट अनुसार सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदरमा ह्रास आएको देखिएको छ । 

पाँच महिना अघि अप्रिलमा ४.१ प्रतिशतको आर्थिक वृद्धिदर रहेकोमा हाल सेप्टेम्बर महिनासम्म आइपुग्दा १.९ प्रतिशत मात्रै रहेको एडिबीले प्रतिवेदनमा उल्लेख गरेको छ ।  

अघिल्लो वर्ष सन् २०२२ मा आर्थिक वृद्धि ५.६ प्रतिशत रहेको थियो । सन् २०२४ मा भने नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशत रहने प्रक्षेपण एडीबीको रहेको छ । एडीबीले केही सरकारी नीति र नेपाल राष्ट्र बैंकले गर्न थालेका सुधारात्मक कार्यहरूका कारण सन् २०२४ मा वृद्धिदरमा केही सुधार हुने अनुमान गरिएको छ । 

एडीबीका अनुसार हाल मुद्रास्फीति (मूल्यवृद्धि) ७.७ प्रतिशत रहेको छ । यो पनि सन् २०२४ मा ६.२ प्रतिशतमा झर्ने छ । सन् २०२२ ममा भने मूल्यवृद्धि ६.३ प्रतिशत रहेको थियो ।