aarthiknews.com शुक्रबार, २२ मंसिर २०८०   Friday, 08 December, 2023
 
Royal Enfield

सन नपाल लाइफको आईपीओ दोस्रो बजारमा सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ असोज २०८०
Global IME
सन नपाल लाइफको आईपीओ दोस्रो बजारमा सूचीकृत
DHI
nmb

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ असोज २ गते नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको कुल ३ करोड २० लाख कित्ता साधारण शेयर सूचीकृत भएको हो । सूचीकृत भएको दोस्रो कारोबार दिनदेखि कारोबारमा आउने कम्पनीको आईपीओ बिहीवारदेखि मात्र कारोबारमा आउनेछ । बुधवार सार्वजनिक विदा परेकाले कम्पनीको आईपीओ बिहीवारदेखि मात्र कारोबारमा आउने भएको हो ।

कम्पनीको आईपीओलाई पहिलो कारोबारको लागि नेप्सले प्रतिकित्ता १८५ रूपैयाँ ४१ देखि ४७५ रूपैयाँ २३ सम्म पैसासम्मको खुला मूल्य तोकिदिएको छ । नेप्सेले तोकेको खुला मूल्यको आधारमा कम्पनीको शेयर बिहीवार देखि कारोबारमा आउनेछ ।  

कम्पनीले सर्वसाधारण ,वैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष,कर्मचारीहरुलाई वितरण गरेको  ९६ लाख कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको २ करोड २४ लाख कित्ता गरेर कुल ३ करोड २० लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो । स्टक सिम्बोल एसएनएल आई रहेको छ । शेयर सूचीकरण पश्चात कम्पनीले दिनुपर्ने आरटिएस  सेवा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड ठमेल काठमाडौंबाट हुने जानकारी गराएको छ ।
 

प्रतिक्रिया दिनुहोस