aarthiknews.com आइतबार, १४ असोज २०८०   Sunday, 01 October, 2023
 
Rajaswo Anusandhan Bighag
British College

सानिमा बैंकका ग्राहकलाई फ्रन्टलाइन हस्पिटलमा छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०१ असोज २०८०
himalayanlife
सानिमा बैंकका ग्राहकलाई फ्रन्टलाइन हस्पिटलमा छुट
DHI
NIBL

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न पूरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा छुट व्यवस्था गरेको छ । 

उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरूले डिजिटल माध्यमबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन्‌ ।

ग्राहकहरूले ओपिडी/आइपिडी तथा बेड सम्बन्धी शुल्कहरूमा १३ प्रतिशत, औषधीमा ७ प्रतिशत र सर्जरी शुल्कमा ५ प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

सानिमा बैंकले देशभर १३२ वटा शाखा कार्यालयहरू तथा १२३ वटा एटीएम संचालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस