aarthiknews.com सोमबार, १५ असोज २०८०   Monday, 02 October, 2023
 
Rajaswo Anusandhan Bighag
British College

विभिन्न देशका मुद्रासहित एक जना पक्राउ

  • रासस
    रासस
  • सोमबार, ०१ असोज २०८०
himalayanlife
विभिन्न देशका मुद्रासहित एक जना पक्राउ
फाइल फोटो ।
DHI
NIBL

मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट विभिन्न देशका मुद्रासहित भारतीय नागरिक पक्राउ परेका छन्‌ । भारत विहार पूर्वी चम्पारन पलङवा थाना पसौना-९ बस्ने ४० वर्षीय रम्भु दासलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

निजको साथबाट प्रहरीले युरो ४ हजार, जापानी येन १३ लाख ३० हजार र साउदी रियाल १६ हजार ३ सय १५ बरामद गरेको हो । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको संयुक्त टोलीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको मधेश प्रदेश ०३-००१ ज ३६४ नम्बरको माईक्रो गाडीलाई जाँच गर्ने क्रममा ती भारतीय नागरिक अवैध मुद्रासहित पक्राउ परेका हुन्‌ ।

बरामद मुद्रा र भारतीय नागरिकबारे नेपाल प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस