aarthiknews.com सोमबार, १५ असोज २०८०   Monday, 02 October, 2023
 
Rajaswo Anusandhan Bighag
British College

राप्ती हाइड्रोले प्रस्ताव गर्यो शतप्रतिशत हकप्रद

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३१ भदौ २०८०
himalayanlife
राप्ती हाइड्रोले प्रस्ताव गर्यो शतप्रतिशत हकप्रद
DHI
NIBL

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आफ्ना शेयरधनीहरूलाई हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनी सञ्चालक समितिको शुक्रवार बसेको बैठकले शेयरधनीहरूलाई हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो । जसअनुसार कम्पनीले १ः१ अनुपातमा हाल कायम चुक्ता पूँजीको शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको छ । 

कम्पनीले १०० अंकित दरका कुल ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो । सञ्चालक समितिको निर्णय स्वीकृतिका लागि विद्युत नियमन आयोगमा पठाउने पनि कम्पनीले जनाएको छ । 

आयोगबाट स्वीकृति प्राप्त भएपछि हकप्रद शेयर निष्कासन गर्ने अजेन्डा आगामी साधारणसभामा पेस गरी अनुमोदन गरिने कम्पनीले जनाएको छ । त्यसपछि कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृति पाएपछि मात्रै हकप्रद शेयर निष्कासन गर्नेछ ।
 

प्रतिक्रिया दिनुहोस