aarthiknews.com सोमबार, १५ असोज २०८०   Monday, 02 October, 2023
 
Rajaswo Anusandhan Bighag
British College

नेष्डो समृद्ध लघुवित्तले बोलायो साधारण सभा, १७.९३ प्रतिशत नगद लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३१ भदौ २०८०
himalayanlife
नेष्डो समृद्ध लघुवित्तले बोलायो साधारण सभा, १७.९३ प्रतिशत नगद लाभांश प्रस्ताव
DHI
NIBL

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले असोज २६ गते चौथो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि सभा बोलाएको हो ।

सभा रोयल कश्मा रिसोर्ट, कुश्मा, पर्वतमा दिउसो १ः३० बजे सभा गर्ने निर्णय गरेको हो । कम्पनीले अघिल्लो आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १७ दशमलव ९३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले २०७९ साल असार मसान्तसम्म कायम चुक्तापूँजी २५ करोड ५० लाख रूपैयाँको आधारमा ४ करोड ५७ लाख ३२ हजार २१० हजार रूपैयाँ बराबरको नगद लाभांश कर समेत वितरण गर्न लागेको हो ।

कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट ५० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि २३ दशमलव ६८ प्रतिशत नगद लाभांश गरी कुल ७३ दशमलव ६८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेकोमा नेपाल राष्ट्र बैंकले १७ दशमलव ९३ प्रतिशत मात्र लाभांश वितरणका लागि स्वीकृति प्रदान गरेको हो । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नका लागि आवश्यक छलफल पनि सभामा हुनेछ । 

अन्य लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति गर्न आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १८ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असोज १७ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।  

प्रतिक्रिया दिनुहोस