aarthiknews.com आइतबार, १४ असोज २०८०   Sunday, 01 October, 2023
 
Rajaswo Anusandhan Bighag
British College

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा माछापुच्छ्रेको क्यूआर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २९ भदौ २०८०
himalayanlife
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा माछापुच्छ्रेको क्यूआर
DHI
NIBL

काठमाडौं । नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा सञ्‍चालनमा आएको छ ।

नेपालीहरूको महान चाड दशैँलाई केन्द्रित गर्दै नेपाली नोट सटही गर्न चाहने सेवाग्राहीहरू प्रत्यक्ष लाभान्वित हुने गरि डिजिटल भुक्तानी सेवा बढाउने उद्देश्य साथ केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभाग बालुवाटारमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको बैंकले जानकारी दिएको छ ।

क्यूआर कोड सेवा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरेश शाक्य एवम्‌ माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले संयुक्त रूपमा हस्ताक्षर गरी आज (भदौ २९) देखि सुरुवात गरेका हुन्‌ ।

उक्त सेवाबाट नेपाल राष्ट्र बैंकमा नयाँ नेपाली नोट सटही लिन आउने सेवाग्राहीहरूले क्यूआरमार्फत भुक्तानी गरी सटही सुविधा लिन सक्ने जनाइएको छ । जसले गर्दा सेवाग्राहीहरूको काम छिटोछरितो हुन गई नगदरहित कारोबारलाई समेत टेवा पुग्ने माछापुच्छ्रे बैंकले दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस