शीर्षकहरू

आइएमई पेमा प्रथम पटक एयरलाइन्स टिकेट काट्ने ग्राहकहरुलाई छुट

आइएमई पेमा प्रथम पटक एयरलाइन्स टिकेट काट्ने ग्राहकहरुलाई छुट

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पेले’ नयाँ अफर सार्वजनिक गरेको छ । एयरलाइन्स टिकट खरिद गर्दा प्रोमो कोडको प्रयोग मार्फत फ्ल्याटमा पाँच सय रुपैयाँ क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरिएको हो । 

यस अफर अन्तर्गत सेवाग्राहीले आइएमई पे मार्फत पहिलो पटक टिकट खरिद गर्दा ‘फ्लाइआइएमई’ प्रोमो कोड प्रयोग गरी पाँच सय रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन् । सेवाग्राहीहरुलाई विद्युतिय भुक्तानी माध्यम मार्फत सहजै एयरलाइन्स टिकट काट्न प्रोत्साहन गर्ने उदेश्यका साथ ल्याइएको यो अफर भाद्र २४ देखि सुरु भएको छ ।

पहिलो १००० योग्य सेवाग्राहीलाई प्रदान गरिने छ । यो अफर पहिलो पटक एयरलाइन्स टिकट काट्ने सेवाग्राहीहरूलाई सिमित अबधि लागि मात्र रहेको छ ।