शीर्षकहरू

नेपाल लाइफले गर्यो दुधकुण्डमा निःशुल्क प्राथमिक स्वास्थ्य शिविर

नेपाल लाइफले गर्यो दुधकुण्डमा निःशुल्क प्राथमिक स्वास्थ्य शिविर

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सोलुखुम्बुको प्रसिद्ध धार्मिकस्थल दुधकुण्डमा तिर्थयात्रीका लागि निःशुल्क प्राथमिक स्वास्थ्य शिविर गरेको छ । नेपाल रेडक्रस सोसाइटी टाक्सिन्दु उपशाखाको सहकार्यमा कम्पनीले निःशुल्क प्राथमिक स्वास्थ्य शिविर सम्पन्न गरेको हो । 

उक्त शिविरबाट ४२२ जना भक्तजनहरु प्रत्यक्ष लाभान्वित भएका छन् । जसमा २१० जनाको स्वास्थ्य परीक्षण, १४६ जनालाई औषधि वितरण, ६४ जनालाई प्राथमिक उपचार र २ जनालाई एम्बुलेन्स सेवा प्रदान गरिएको थियो ।  

स्वास्थ्यकर्मी र रेडक्रसकर्मीहरुले संयुक्त रुपमा शिविर संचालन गरेका थिए । विशेषत मेलाको बखत उच्च स्थान भएकाले टाउको दुख्ने, बान्ता हुने, शरीरका जोर्नी दुख्ने, श्वासप्रश्वासमा समस्या हुने जस्ता लक्षण भएका बिरामीहरको उपचार गरिएको थियो । कम्पनीले सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताएका छन् ।