शीर्षकहरू

अमेरिकाविरुद्ध तेस्रो विश्वको विद्रोह, देखिन थाल्यो परिवर्तित नयाँ स्वरूप

अमेरिकाविरुद्ध तेस्रो विश्वको विद्रोह, देखिन थाल्यो परिवर्तित नयाँ स्वरूप

केहि वर्ष यता अमेरिकी साम्राज्यको अन्त्य हुने र सो कार्य तेस्रो विश्वले गरेको विद्रोहको परिणामका रूपमा देखा पर्ने प्रक्षेपणहरू अन्तर्राष्ट्रिय राजनीतिका विश्लेषकहरूले गर्दै आएका छन् । झट्ट सुन्दा नै अपत्यारिलो लाग्ने यस्तो अनुमानका लागि के कस्ता आधारहरू छन् ? त्यसमा निहित अर्थ राजनीतिको कस्तो प्रभाव रहन्छ ? लगायतका विषयलाई केलाएर मात्र यस्तो सम्भावनाको सम्भाव्यतालाई आँकलन गर्न सकिन्छ ।

अहिले पनि तेस्रो विश्वमा भोकमरी छ । राजनीतिका अस्थिरता र बेथितिहरूको चाङ छ । यस्तोमा तेस्रो विश्वले अमेरिकालाई कसरी चुनौती दिन सक्छ ? जबकि सोभियत युनियन र वार्ता गठबन्धन हुँदा समेत लगभग अमेरिका चुनौती मुक्त नै रहेको थियो । तर पनि अमेरिकालाई आज चुनौती बनेको भनिएको तेस्रो विश्वको बलियो भ्रूण भने शीतयुद्ध कालमा नै पलाएको र हुर्किएको थियो, असंलग्न आन्दोलनका नाममा । 

असंलग्न आन्दोलनको जन्म 

शीतयुद्धको बेला अमेरिकी र सोभियत दुवै ब्लकहरूको आसपासमा रहेका मुलुकहरूले आपसी प्रतिस्पर्धामा रहेका यी दुई वटा समाजवादी र पुँजीवाद प्रणालीलाई आफ्नै ढङ्गले मूल्याङ्कन गरे । अमेरिका र सोभियत दुवैले आफ्नो स्वार्थका लागि परिधिमा रहेका तेस्रो विश्वका मुलुकहरूको दुरुपयोग गरेको आरोप लाग्न थाल्यो । तथापि नेपाल लगायत तेस्रो विश्वका केही मुलुकहरू यी दुईको प्रतिस्पर्धाबाट आफूले लाभ लिने बाटोमा लागिरहेका थिए । 

आफ्नो मुलुकमा भौतिक पूर्वाधार विकासका परियोजना, सस्तोमा हातहतियार खरिददेखि अन्य विभिन्न प्रकारका अनुदानहरू लिएर दुवै मुलुकबाट लाभ लिने सोचमा पुगेको तेस्रो विश्वका मुलुकहरू विस्तारै यो वा त्यो ध्रुवमा धुव्रिकृत बन्नै पर्ने दबाब बढ्दै गयो । यो दबाबलाई रोक्न र आफ्नो छुट्टै शक्तिकेन्द्र निर्माण गर्न भारतको अग्रसरतामा एउटा नयाँ आन्दोलनको थालनी भयो । जसलाई असंलग्न आन्दोलनका रूपमा परिभाषित गरियो । त्यसमा मध्यपूर्व, अफ्रिकादेखि दक्षिण अमेरिकाका देशहरु समेत सामेल भए ।  

ती मुलुकहरू जुन भर्खरै मात्रै स्वतन्त्रता हासिल गरेका थिए । तिनीहरू आफ्नो स्वतन्त्रताबारे यति सचेत थिए की उनीहरू कुनै ध्रुवमा ध्रुवीकृत भएर पुनः नयाँ स्वरूपको उपनिवेश फस्न चाहँदैन थिए । त्यसका लागि समेत यस्तो आन्दोलन आवश्यक थियो । 

तर, जब शीतयुद्ध अन्त्य भयो त्यसपछि अमेरिका मात्र एकल महाशक्ति राष्ट्रकारुपमा रह्यो । यसबाट विश्व आश्वस्त बन्न भने सकेन । किनकि त्यसपछि अमेरिकी दबदबा यसरी बढ्यो की त्यसले विश्वव्यापीकरण नयाँ भय, त्रास र अस्थिरताको अवस्था निर्माण भयो । अमेरिकी एक ध्रुवीय विश्वमा नचाहेर पनि विश्वका धेरै मुलुकहरू उसका अगाडी नतमस्तक बन्नु पर्ने अवस्था सिर्जना भयो । जसले गर्दा अमेरिकी विरोधी नयाँ विद्रोहको बीजारोपण हुन थाल्यो र त्यो बीजारोपण अमेरिकाले जबरजस्त लाभ लियो । अमेरिकी आदर्शकाविरुद्ध सिर्जना भयो । 

आक्रामक आदर्शले जन्माएको अमेरिका विरोधी भावना 

प्रतिस्पर्धा विहिन सैन्य शक्तिको आडमा तत्कालीन अमेरिकी राष्ट्रपति बिल्क ट्रिनटनले ‘अमेरिकी आदर्श’लाई विश्वव्यापीकरण लाद्न थाल्यो । जसले कुनै पनि मुलुकको आफ्नो मूल्य, मान्यता, आदर्श र संस्कृतिलाई बेवास्ता गर्दै अमेरिकी मूल्य मान्यतालाई पछ्याउनु पर्ने बाध्यतामा सारा विश्वका कमजोर मुलुकहरूलाई पार्न थाल्यो । 

मानवीय हस्तक्षेपका नाममा संयुक्त राष्ट्र सङ्घको भावना र आदर्श विपरीत संस्थाका जुनसुकै मुलुकमा अमेरिकी सेना उत्रन थाले । कोषोघो र सोमालियाबाट शुरु भएको यो सिलसिला इराक हुँदै अफगानिस्तानसम्म पुग्यो । जहाँ अमेरिकी आदर्श नारीवाद र लोकतन्त्रकारुपमा प्रवेश गर्‍यो । यस्तो अमेरिकी आदर्शले तेस्रो ध्रुवका गरिब र कमजोर मुलुक मात्र होइन पूर्वी युरोपमा समलिङ्गी अधिकार र धर्म निरपेक्षताको नाममा प्रवेश गर्‍यो भने विगतमा अमेरिकालाई नै आदर्श मान्दै आएका धार्मिक समुदाय समेत यसको निशानामा पर्‍यो । दक्षिण अमेरिकामा पुँजीवादी अर्थतन्त्रको स्थापना र खुल्ला बजारको माग गर्दै अमेरिकी आदर्श अर्को स्वरूपमा प्रकट भयो । 

झट्ट सुन्दा स्वतन्त्रता, लोकतन्त्र जस्ता शब्द भरिएका भए पनि यो अमेरिकी आदर्श स्थापनाको पछाडि एउटै मात्र उद्देश्य थियो, अमेरिकाले चाहेको र रोजेको शासक वर्ग विश्वभरका सबै मुलुकहरूमा स्थापित गर्ने । जहाँ त्यसलाई स्वीकार गरिएन त्यसमाथि ती मुलुकहरूमा अमेरिकाले एक्लौटिरुपमा शून्य अतिक्रमण गर्‍यो । पानामा, इराक, सर्विया, सिरिया, लिविया जस्ता मुलुकहरू अमेरिकी आक्रमणका कारण ध्वस्त बन्यो । र, अमेरिकी आदर्श अस्वीकार गर्नुको ठूलो मूल्य यी मुलुकहरूले चुकाउनु पर्‍यो । 

पछिल्लो दशकमा विभिन्न बेमेलकाबिच ब्राजिल, रुस, चीन, भारत र साउथ अफ्रिका मिलेर ट्रिक्स निर्माण गरेका छन् । उनीहरूसँग अलग अलग प्रकारका आर्थिक र राजनीतिक प्रणाली छन् । फरक भाषा र इतिहास छ । शितयुद्धकालमा अलग अलग क्याम्पमा उभिएका मुलुकहरू यहाँ सँगै छन् । तर, यी सबै मुलुकहरू अमेरिकन शक्तिको विरुद्ध अर्को नयाँ महाशक्ति निर्माणमा जुटेका छन् । 

उनीहरू अमेरिकन र युरोपियन गठबन्धन भन्दा बाहिर बसेर अर्को समानान्तर शक्ति केन्द्र निर्माणमा लागि परेका देखिन्छन् । जसले गर्दा अहिले तेस्रो विश्वका अन्य मुलुकहरूलाई एउटा बलियो थाङ्ग्रो फेला परेको छ । ब्रिक्स राष्ट्रहरू सबै विश्वका रणनीतिक महत्त्व बोकेका धेरै मुलुकहरू सहयात्रा गर्न ब्रिक्स प्लसको अवधारणामा अघि बढिसकेका छन् । हालै दक्षिण अफ्रिकामा सम्पन्न ब्रिक्सको शिखर सम्मेलनले ब्रिक्स प्लसलाई अनुमोदन गरेसँगै औपचारिकरुपमा नै अमेरिकी एकाधिकारकाविरुद्ध तेस्रो विश्वले प्रतिरोध गरेकारुपमा यसलाई हेर्न थालिएको छ ।