aarthiknews.com शुक्रबार, २२ मंसिर २०८०   Friday, 08 December, 2023
 
Royal Enfield

थप ११ नयाँ ब्रोकरलाई सदस्यता प्रदान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २० भदौ २०८०
Global IME
थप ११ नयाँ ब्रोकरलाई सदस्यता प्रदान
DHI
nmb

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले थप ११ नयाँ धितोपत्र व्यवसायी (ब्रोकर) कम्पनीहरूलाई सदस्यता प्रदान गरेको छ । नेपाल धितोपत्र बोर्डबाट धितोपत्र व्यवसायीको लाईसेन्स प्राप्त गरिसकेका ११ कम्पनीहरूलाई सदस्यता प्रदान गर्ने निर्णय भदौ १९ गते भएको जानकारी नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीले दिएका हुन् । 

पराजुलीका मिल्की वे शेयर ब्रोकर कम्पनी लिमिटेड, क्यापिटल हव प्रालि, आकाशभैरव सेक्युरिटिज लिमिटेड, पाही इन्भेष्टमेन्ट प्रालि, एसपीएसए सेक्युरिटिज लिमिटेड, एनएमबि सेक्यूरिटिज लिमिटेड, सानिमा सेक्युरिटिज लिमिटेड, स्टक्स्कार्टस् सेक्युरिटिज लिमिटेड, इन्दिरा सेक्युरिटिज लिमिटेड, ब्लु चिप सेक्युरिटिज लिमिटेड र गरिमा सेक्युरिटिज लिमिटेडलाई नेप्सेको सदस्यता प्रदान गर्ने निर्णय भएको हो ।

यस अघि नेप्सेले १७ धितोपत्र व्यवसायी कम्पनीहरूलाई सदस्यता प्रदान गरिसकेको छ । थप ११ कम्पनीलाई सदस्यता प्रदान गरेसँगै नेप्सेको सदस्यता प्राप्त गर्ने नयाँ धितोपत्र व्यवसायीको संख्या २८ पुगेको छ ।  यस अघि नेप्सेको सदस्यता प्राप्त गरेका सबै कम्पनीले कारोबार सुरू गरिसकेको जानकारी समेत पराजुलीले दिएका छन् । हालसम्म बोर्डबाट ३७ कम्पनीहरूले धितोपत्र व्यवसायीको लाईसेन्स प्राप्त गरिसकेका छन् । 

बोर्डबाट लाईसेन्स प्राप्त गरिसकेपछि पनि कम्पनीहरूले धितोपत्र दोस्रो बजार सञ्चालक (नेप्से) को सदस्यता प्राप्त गर्नुपर्ने हुन्छ । नेप्सेले सदस्यता प्रदान गरेपछि कम्पनीहरूले प्राविधिक व्यवस्थापन मिलाउनुपर्नेछ । नेप्सेकै कारोबार प्रणाली प्रयोग गर्ने यी कम्पनीहरूले आवश्यक सम्झौता गरी त्यसपछि मक ट्रेडिङ गराई कुनै अबरोध नदेखिएमा नेप्सेले गो लाइभको पत्र प्रदान गर्नेछ । नेप्सेको सदस्यता पाएका कम्पनीहरूले सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निक्षेप सदस्यता समेत लिनुपर्ने हुन्छ । 
 

प्रतिक्रिया दिनुहोस