aarthiknews.com शुक्रबार, १५ मंसिर २०८०   Friday, 01 December, 2023
 
Royal Enfield
sarbottamcement

अपर तामाकोशीको शतप्रतिशत हकप्रद शेयर आजदेखि बिक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ भदौ २०८०
Global IME
ime Limited
अपर तामाकोशीको शतप्रतिशत हकप्रद शेयर आजदेखि बिक्रीमा
DHI
nmb

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले आजदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो । 

हाल कम्पनीको चुक्तापूँजी १० अर्ब ५९ करोड रूपैयाँ छ । प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यमा कम्पनीले १० करोड ५९ लाख कित्ता हकप्रद शेयर विक्री खुला गरेको हो । शतप्रतिशत हकप्रद शेयरपछि कम्पनीको चुक्तापूँजी २१ अर्ब १८ करोड रूपैयाँ कायम हुनेछ । हकप्रद शेयर विक्रीबाट संकलित रकम कम्पनीले अल्पकालिन ऋण भुक्तानी तथा रिटेन्सन मनी भुक्तानीसँगै रोलवालिङ खोला जलविद्युत आयोजनामा लगानी गर्ने जानकारी दिएको छ ।

कम्पनीले असार २२ गते शतप्रतिशत हकप्रद शेयर विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । हकप्रद शेयर निष्कासन प्रयोजनका लागि साउन २६ गते एक दिन बुक क्लोज गरिएकाले साउन २५ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको हकप्रद शेयर खरीद गर्न पाउनेछन् । यो हकप्रद शेयर असोज ७ गतेसम्म विक्रीमा रहनेछ ।

हकप्रद निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष रहेको छ भने सह बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

विक्री प्रबन्धकहरूसँगै लगानीकर्ताले माथिल्लो तामाकोशी जलविद्युत केन्द्र, नागरिक लगानी कोष, सनराइज क्यापिटल, लक्ष्मी सनराइज बैंक, प्रभु बैंक, सिटिजन्स बैंक, सिन्धु विकास बैंक, कृषि विकास बैंक, नेपाल बैंक, महालक्ष्मी विकास बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, हिमालयन बैंक, प्राइम कमर्सियल बैंक तथा सानिमा बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । 

यस कम्पनी गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३ अर्ब ७५ करोड रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीको खुद नोक्सानी २ अर्ब ३१ करोड रूपैयाँभन्दा बढी मात्र थियो । गत वर्ष कम्पनीको वित्तीय खर्च बढ्दा नोक्सानी बढ्न गएको हो । 

अघिल्लो वर्ष ५ अर्ब ७७ करोड रूपैयाँभन्दा बढी रहेको वित्तीय खर्च गत वर्ष ७ अर्ब ३९ करोड रूपैयाँभन्दा बढी रहेको हो । वित्तीय आम्दानी भने अघिल्लो वर्ष ४९ लाख रूपैयाँभन्दा बढी रहेकोमा गत वर्ष ३ करोड ८१ लाख रूपैयाँभन्दा बढी भएको छ । अन्य आम्दानी समेत अघिल्लो वर्ष २० लाख रूपैयाँभन्दा बढी भएकोमा गत वर्ष २ करोड ४५ लाख रूपैयाँभन्दा बढी भएको छ । 

विद्युत विक्रीबाट अघिल्लो वर्ष ७ अर्ब ११ करोड रूपैयाँभन्दा बढी आम्दानी गरेको कम्पनीले गत वर्ष ८ अर्ब १२ करोड रूपैयाँभन्दा बढी आम्दानी गरेको छ । हाल कम्पनीको चुक्तापूँजी १० अर्ब ५९ करोड रूपैयाँ छ भने रिटेन्ड अर्निग ६ अर्ब ९१ करोड रूपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । कम्पनीले लिएको दिर्घकालिन कर्जा अघिललो वर्षभन्दा गत वर्ष कम भएको छ । 

अघिल्लो वर्ष ७३ अर्ब ७८ करोड रूपैयाँभन्दा बढी रहेको दिर्घकालिन कर्जा गत वर्ष ७३ अर्ब १५ करोड रूपैयाँभन्दा बढी कायम भएको हो । अल्पकालिन कर्जा भने अघिल्लो वर्ष ५ अर्ब १० करोड रूपैयाँ रहेकोमा गत वर्ष ६ अर्ब पुगेको छ । गत चौथो त्रैमाससम्म कम्पनी ३५ रूपैयाँ ४९ पैसा प्रतिशेयर नोक्सानीमै रहेको छ । प्रतिशेयर नेटवर्थ भने ३४ रूपैयाँ ६७ पैसा छ ।
 

प्रतिक्रिया दिनुहोस