शीर्षकहरू

कामना सेवा विकास बैंक र हिमालयन जाभाबीच सम्झौता, विशेष छुट पाइने

कामना सेवा विकास बैंक र हिमालयन जाभाबीच सम्झौता, विशेष छुट पाइने

काठमाडौं । कामना सेवा विकास बैंक र हिमालयन जाभा कफिबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई विशेष छुट दिन यी दुईबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । 

यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले काठमाडौं महानगरपालिका –२९ पुतलिसडक स्थित हिमालयन जाभा कफिले  प्रदान गर्ने सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।