शीर्षकहरू

अवितरित हकप्रद शेयर लिलामीमा बिक्री गर्दै नेशनल हाइड्रोपावर

अवितरित हकप्रद शेयर लिलामीमा बिक्री गर्दै नेशनल हाइड्रोपावर

काठमाडौं । नेशनल हाइड्रो पावर कमपनी लिमिटेडले भदौ १३ गतेदेखि अवितरित हकप्रद शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले १० बराबर ५ अनुपातमा निष्कासन गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर लिलामीमा बिक्री गर्न लागेको हो ।

कम्पनीले असार २९ गतेदेखि साउन १८ गतेसम्म १० बराबर ५ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८२ लाख २१ करोड ४५९ दशमलव ७२ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । सोमध्ये आवेदन परेको ६८ लाख ८४ हजार ७१७ कित्ता हकप्रद शेयर, साउन ३० गते बाँडफाँट गरेको थियो । कम्पनीले बाँकी रहेको १३ लाख ३६ हजार ७४२ दशमलव ७२  कित्ता शेयर लिलामी प्रक्रिया बाट  बिक्री गर्न लागेको हो । सो शेयरका लागि भदौ २४ गतेसम्म आवेदन दिन सकिनेछ ।

शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ । लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्याका लागि भने कुनै हद लाग्ने छैन ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका, ठिमी भक्तपुर, कुमारीपाटी ललितपुर, इटहरी, इलाम, पृथ्विचोक पोखरा, बुटवल, विराटनगर, वीरगंज, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी र जनकपुर शाखा कार्यालयबाट बोलपत्र आवेदन फाराम पाउन र बुझाउन सक्नेछन् ।