aarthiknews.com शुक्रबार, २२ मंसिर २०८०   Friday, 08 December, 2023
 
Royal Enfield

चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधनको एनबीएले गर्‍यो स्वागत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १२ भदौ २०८०
Global IME
चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधनको एनबीएले गर्‍यो स्वागत
DHI
nmb

काठमाडौं । नेपाल राष्ट्र बैंकले हिजो (सोमबार) गरेको चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधनलाई नेपाल बैंकर्स एसोसियसन (बैंकर्स संघ-एनबीए)ले सकारात्मक रूपमा अर्थ्याएको छ । संशोधन भएको भोलिपल्टै काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी एनबीएले राष्ट्र बैंकको कदमको प्रशंसा गरेको हो ।

बैंकर्स संघ अध्यक्ष सुनील केसीले बैंकर्स र निजी क्षेत्रले धेरै अघिदेखि नै नेपालमा उत्पादनमुखी अर्थतन्त्रलाई अघि बढाउने खालको नीति माग गरिरहेकामा सोमबार केन्द्रीय बैंकले गरेको चालू कर्जा मार्गदर्शन संशोधनले उद्योगलाई राहत दिएको बताएका हुन्‌ ।

‘कुनै उद्योगको वर्किङ क्यापिटल साइकल नै १८० दिनभन्दा माथि हुन्छ । पहिले यस्ता उद्योगहरुलाई कसरी म्यानेज गर्ने भन्ने चिन्ता थियो,’ केसीले भने, ‘अहिले मनोबल बढाउनुपर्ने थियो, नीतिगत लचकता लिन सकिन्छ भन्ने देखाउँदा सकारात्मक सन्देश गएको छ।’

केन्द्रीय बैंकले चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गर्दै उत्पादनमूलक उद्योगले कारोबारको ५० प्रतिशतसम्म कर्जा (ऋण) लिन सक्ने, उत्पादनमूलक उद्योगमा प्रवाह भएको ३ करोड रुपैयाँसम्म ऋणमा यस्तो मार्गदर्शन लागू नहुने र औचित्य देखिएका करेजाका फाइलहरूमा कारण उल्लेख गरी अनुमानित वार्षिक कारोबार/बिक्रीको अधिकतम ५० प्रतिशतले हुन आउने रकमसम्म चालू पूँजी कर्जा सीमा कायम गर्न सक्ने व्यवस्था गरेको छ ।

यसैगरी; केन्द्रीय बैंकले उत्पादनमूलक उद्योगको पुन:परिभाषा नै गरिदिएको छ । उत्पादनमूलक उद्योग भन्नाले कच्चा पदार्थ वा अर्धतयारी सामानको प्रयोग गरी निश्चित मानव/मेसिन प्रयोग गरी मूल्य अभिवृद्धि गराई कुनै वस्तु उत्पादन गर्ने उद्योगलाई जनाउने केन्द्रीय बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस