aarthiknews.com शुक्रबार, २२ मंसिर २०८०   Friday, 08 December, 2023
 
Royal Enfield

राजस्व चुहावट गर्ने १० जनाविरुद्ध मुद्दा दायर, एक करोड ३४ लाख बिगो माग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १२ भदौ २०८०
Global IME
राजस्व चुहावट गर्ने १० जनाविरुद्ध मुद्दा दायर, एक करोड ३४ लाख बिगो माग
DHI
nmb

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरेको आरोपमा १० जनाविरुद्ध मुद्दा दायर गरेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिकाका तत्कालीन नगरप्रमुख सुरेन्द्र बहादुर विष्ट र तत्कालीन नि.प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीसहित १० जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।  

आ.व. २०७६/०७७ मा प्राकृतिक स्रोतबाट (नदीजन्य) प्राप्त हुने आयको ठेक्कामा बोलपत्रको सम्झौता अनुसार प्राप्त गर्नुपर्ने आयमा नियम विपरीत छुट दिएको पाइएको छ । सो कार्यमा नगरपालिकाका तत्कालीन नगरप्रमुख सुरेन्द्र बहादुर विष्ट र तत्कालीन नि.प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशी लगायतको संलग्न रहेको अख्तियारले जनाएको छ ।

त्यस्तै, यस कार्यमाभीमदत्त नगरपालिकाको तत्कालीन राजस्व छुटको लागि गठित कार्यदलका संयोजक तथा सदस्यहरू तत्कालीन वडा नं। ज्ञठ का वडा अध्यक्ष हिमाल बहादुर चन्द, इन्जिनियर हिमालय सिंह ऐर, लेखा अधिकृत गोविन्द उपाध्याय, लेखा अधिकृत विक्रम भण्डारी र नायव सुब्बा नरेन्द्र देव भट्ट, भवानी कन्स्ट्रक्सन प्रालिको सञ्चालकहरू ईश्वरी प्रसाद भट्ट, केशव राज भट्ट, पुष्पराज भट्ट, ईश्वरी प्रसाद भट्टको नजिकको हकदार श्रीमती खगेश्वरी भट्टसमेत संलग्न रहेको पाइएको छ ।  

महाकाली नदीजन्य पदार्थको (ढुङ्गा, गिट्टी, बालुवा, ग्राभेल र माटो) रोयल्टी शुल्क उठाउने ठेक्कामा सम्झौता पछि नगर कार्यपालिकाको कार्यालयलाई बुझाउनुपर्ने ठेक्का रकममा कुनै किसिमको छुट वा मिनाहाको लागि दाबी गर्न पाइँदैन । तर, विष्टको अध्यक्षतामा नगर सभाको निर्णयले राजस्वमा छुट दिने मनसायले ५ सदस्यीय कार्यदल गठन गरी सोही कार्यदलको सिफारिसको आधारमा मु.अ. करसमेत एक करोड ३४ लाख ९७ हजार ४५३ रुपैयाँ  बराबरको रकम छुट दिने निर्णय अनुमोदन गरिएको थियो ।

ठेक्का सम्झौता अनुसार राजस्व नउठाई नेपाल सरकार र प्रदेश सरकारको स्वीकृति लिइएको थिएन । एक करोड ३४ लाख ९७ हजार ४५३ रुपैयाँ भीमदत्त नगरपालिका र नेपाल सरकारले पाउने राजस्वमा चुहावट गरी भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि भएको अख्तियारको दाबी छ । उनीहरुविरुद्ध जनही एक करोड चौतीस लाख सन्तानब्बे हजार चार सय त्रिपन्न रुपैयाँ पैसा सतासी रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए  ।

 

प्रतिक्रिया दिनुहोस