aarthiknews.com शुक्रबार, २२ मंसिर २०८०   Friday, 08 December, 2023
 
Royal Enfield

सिद्धार्थ इक्वीटी फण्ड करिब ३ करोड नोक्सानीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १२ भदौ २०८०
Global IME
सिद्धार्थ इक्वीटी फण्ड करिब ३ करोड नोक्सानीमा
DHI
nmb

 काठमाडौं । सिद्धार्थ इक्वीटी फण्ड साउन मसान्तसम्म २ करोड ८६ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । असार मसान्तसम्म ७ करोड ६२ लाख रूपैयाँभन्दा बढी नाफा गरेको योजना साउन मसान्तसम्म भने नोक्सानीमा गएको हो । 

असार मसान्तसम्म योजनाले १० करोड ३७ लाख रूपैयाँभन्दा बढी आम्दानी गरेकोमा साउन मसान्तसम्म २ करोड ६० लाख रूपैयाँभन्दा बढी आम्दानी ऋणात्मक रहेको छ । खर्च भने असार मसान्तसम्म २ करोड ७५ लाख रूपैयाँभन्दा बढी रहेकोमा साउन मसान्तसम्म २ करोड ५८ लाख रूपैयाँभन्दा बढी भएको हो ।

बन्दुमुखी प्रकृतिको यस योजनाले साउन मसान्तसम्म धितोपत्रमा गरेको लगानी धितोपत्र दलाल कमिसन सहित १ अर्ब ५३ करोड ८२ लाख ४ हजार रूपैयाँ रहेको छ । यस अवधिसम्म योजनाले बैंक मुद्दती निक्षेपमा १२ करोड ५० लाख रूपैयाँ लगानी गरेको छ । योजनाले धितोपत्रमा गरेको लगानीको बजारमूल्य भने लागतमूल्य भन्दा कम रहेको छ ।

योजनाले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बजारमूल्य भने १ अर्ब २५ करोड ३४ लाख रूपैयाँभन्दा बढी मात्र रहेको छ । यस योजनाको प्रति इकाई खुद मूल्य असार मसान्तसम्म १० रूपैयाँ ५३ पैसा रहेकोमा साउन मसान्तसम्म घटेर १० रूपैयाँ ३४ पैसा कायम भएको छ ।
 

प्रतिक्रिया दिनुहोस