शीर्षकहरू

शाओमीले प्याड ६, प्याड ६ किबोर्ड र स्मार्ट पेन सेकेन्ड जेनेरेशन बजारमा ल्याउँदै

शाओमीले प्याड ६, प्याड ६ किबोर्ड र स्मार्ट पेन सेकेन्ड जेनेरेशन बजारमा ल्याउँदै

काठमाडौं । विद्युतीय उपकरण निर्माता कम्पनी शाओमीले ११ इञ्‍चको डिस्प्ले, क्वालकम स्न्यापड्रागन ८७०, १४४ हर्ट्ज रिफ्रेस रेट, ८८४० एमएएच ब्याट्री भएको शाओमी प्याड ६ रिलिज गर्ने भएको छ । जम्मा ४९० ग्राम तौल र ६.५१ मिलिमिटर चौडाइ भएको यो प्याड ६ निकै हलुका र उपयोगी रहेको कम्पनीले दाबी गरेको छ ।

आइपी ५३ रेटेड भएकोले यसले कुनै पनि समस्या बिना केही मात्रामा पानी र धुलो पनि ह्यान्डल गर्न सक्ने कम्पनीले जनाएकाे छ । इमेल र कल जस्ता कामका लागि प्रयोग गर्न सकिने ट्याब्लेट खोजिरहेका व्यक्तिहरूका लागि शाओमी प्याड ६ एउटा कम्प्याक्ट अल–इन– वान सोल्युशन रहेको कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीका अनुसार भिडिया हेर्ने वा संगीत सुन्ने जस्ता रमाइलो कुराहरूका लागि पनि शाओमी प्याड ६ प्रयोग गर्न सकिन्छ । शाओमीले  यस प्याड ६ सँगसँगै शाओमी प्याड ६ किबोर्ड र शाओमी स्मार्ट पेन सेकेण्ड जेनेरेशन पनि रिलिज गर्ने तयारी गरेको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले शाओमी प्याड ६ बजारमा ल्याउन पाउँदा उत्साहित रहेको र आफूहरूले सबैको जीवनलाई अझ राम्रो बनाउन सुविधाहरूले भरिपूर्ण डिभाइस ल्याउन कडा मेहनत गरेको बताएका छन्‌ । उनले भनेका छन्, ‘यसको आकर्षक डिजाइन र शक्तिशाली क्षमताका कारण हामी विश्वस्त छौं कि शाओमी प्याड ६ सबैको मनपर्ने नयाँ ग्याजेट हुनेछ ।’

यस्तो छ विशेषता :

प्रोसेसरः
शाओमी प्याड ६ को मूल भागमा शक्तिशाली स्न्याप्ड्रागन ८७० प्रोसेसर छ, एउटा यस्तो पावरहाउस जसले उपभोक्ताहरुलाई संधै सबैभन्दा अगाडी राख्ने ग्यारेन्टी दिन्छ । यस किसिमको प्रोसेसरका साथ कार्यहरू निर्बाध रूपमा एकान्तरण गर्न सकिन्छ, रिसोर्स – इन्टेन्सिभ एप्लिकेशनहरू कार्यान्वयन गर्न सकिन्छ, र एक छरितो पर्फर्मेन्स अनुभव गर्न सकिन्छ जसका कारण सहज रूपमा प्रयोगकर्ताका  मागहरू पूरा हुन्छ ।  स्न्याप्ड्रागन ८७० प्रोसेसरले मल्टिटास्किङ र एप म्यानेजमेन्टको सहज एग्जिक्युशन सुनिश्चित गर्दै एक उत्तरदायी र गतिशील ट्याब्लेट प्रयोग गर्ने अनुभव प्रदान गर्दछ ।  

डिस्प्लेः
शाओमी प्याड ६ को स्ट्राइकिङ २७.९४ सेन्टिमिटर (११ इञ्‍च) को डिस्प्ले मार्फत उत्तम भिजुअल ब्रिलियंस प्राप्त गर्न सकिन्छ । यसको २८८० ह १८०० पिक्सेल र उल्लेखनीय ३०९ पिपिआईको प्रभावशाली रिजोल्युसनको संकलनमा बेजोड स्पष्टतासंग प्रत्येक इमेज र भिडियो जीवित हुन पुग्छ । यसको १४४ हर्ज रिफ्रेस रेटले सहज एनिमेसन र ट्रान्जिसनको ग्यारेन्टी दिन्छ, त्यसैगरी ५५० निट्स (टिपिकल) सम्मको ब्राईटनेसले उज्यालो वातावारनमा पनि मनमोहक भिजुअलहरु सुनिश्चित गर्दछ । १ बिलियन भन्दा बढी रङहरू समर्थन गर्न सक्ने र डिसिआई – पि थ्री संग कम्प्याटिबिलिटि  भएको शाओमी प्याड ६ ले जीवन्तता र ट्रु–टु–लाईफ प्रतिनिधित्वद्वारा चिनिने एक असाधारण भिजुअल अनुभव प्रदान गर्दछ ।

क्यामेराः
शाओमी प्याड ६ को क्यामेराको क्षमताहरु संग, जो कोहीले आफ्नो रचनात्मक अभिव्यक्ति को उपयोग गर्न सक्छ । यसको १३ एमपी रियर क्यामेराले ३० एपÞmपिएस मा ४ के भिडियो रेकर्डिङहरु गर्न सहज बनाउँछ, जसले गर्दा जीवनका अनमोल क्षणहरूलाई आश्चर्यजनक परिशुद्धताका साथ क्याप्चर गर्न सकिन्छ ।  एडभेन्चरलाइ डक्युमेण्ट गर्न होस् वा कन्टेन्ट क्रिएट गर्न , शाओमी प्याड ६ एक असली साथीको रूपमा काम गर्दछ । यसको ८ एमपी को फ्रन्ट क्यामेरा ३० एपÞmपिएसमा फुल एचडी भिडियो रेकर्ड गर्न सक्षम छ र भिडियो कल र सेल्फी पनि क्लियर देखाउँछ ।

ब्याट्री र चार्जिङः
एक ८८४० एमएएच (टिपिकल) ब्याट्री संग सुसज्जित शाओमी प्याड ६ ले दिनभरी निर्बाध गतिविधि को सुविधा प्रदान गर्दछ जसका कारण उपभोक्ताहरुले निरन्तर रुपमा पावर आउटलेट खोजिरहनु पर्दैन । शाओमी प्याड ६ सँग प्रोडक्टिभिटी र मनोरञ्जन बीच निर्बाध रूपमा ब्याट्री सकिने चिन्ता बिना शिफ्ट गर्न सकिन्छ । ट्याब्लेटहरुमा हुने  पोटेन्शियललाई इष्टतम रूपमा उपयोग गर्न सक्षम शाओमी प्याड ६ निरन्तर प्रयोग गर्न सकिन्छ ।

नेटवर्क र कनेक्टिभिटी:
शाओमी प्याड ६ ले यसको उन्नत कनेक्टिभिटीका फिचरहरूका कारण जस्तो सुकै लोकेशनमा पनि अटल कनेक्टिभिटी सुनिश्चित गर्दछ । यसको ब्लुटुथ ५.२ र वाईफाई ६ को समर्थन, र  ८०२.११ ए÷बि÷जी ले उच्च–गति र भरपर्दो इन्टरनेट कनेक्शन प्रदान गर्दछ । चाहे त्यो काम होस् , कन्टेन्ट स्ट्रिमिङ, वा वेब ब्राउजिङ, शाओमी प्याड ६ ले सबैभन्दा महत्त्वपूर्ण मामिलाहरूमा निरन्तर कनेक्शनको ग्यारेन्टी दिन्छ ।

शाओमी प्याड ६ किबोर्डः
शाओमी प्याड ६ को अतिरिक्त, शाओमीले प्रस्तुत गर्दछ शाओमी प्याड ६ कीबोर्ड, जसले प्रोडक्टिभिटीलाई नयाँ उचाइमा पुर्याउँछ । प्रयोगकर्ताहरूले ल्यापटप जसरी प्रयोग गर्न, इमेल संरचना गर्न, कागजात निर्माण गर्न , र नोट–लिन जस्ता कार्यहरू सरल बनाउन सजिलैसँग किबोर्डलाई आफ्नो प्याड ६ मा कनेक्ट गर्न सक्नुहुन्छ । स्लीक डिजाइन र रेस्पोन्सिभ कुञ्जीहरू प्रस्तुत गर्दै, शाओमी प्याड ६ किबोर्डले दक्षता प्रवर्द्धन गर्दै र परिष्कृत क्षमताहरूलाई सक्षम पार्दै शाओमी प्याड ६ ट्याब्लेटलाई बहुमुखी कार्यस्थानमा रूपान्तरण गर्छ । 

शाओमी स्मार्ट पेन सेकेण्ड जेनेरेसनः
शाओमीको इनोभेशनप्रति प्रतिबद्धता अनुरूप, यस कम्पनिले स्मार्ट पेन सेकेन्ड जेनेरेशन अनावरण गरेको छ । थ्री – एक्सिस एक्सेलेरोमिटरसँग जोडिएको, यो उन्नत स्टाइलसले शाओमी प्याड ६ लाई कम्प्लिमेन्ट गर्दछ , जसले सहज र सटीक लेखन र ड्रविङ्ग  अनुभव प्रदान गर्दछ । नोट लिन होस् , आइडिया स्केचिङ गर्न होस वा रचनात्मक अभिव्यक्ति गर्न , शाओमी स्मार्ट पेन सेकेण्ड जेनेरेसनले यसको १५० –घण्टा ब्याट्री लाईफसंग विचारहरूको निर्बाध फ्लो सुनिश्चित गर्दछ । इन्हान्ड्स सेन्सिटिभिटी र एर्गोनोमिक डिजाइनले यसलाई क्रिएटिभिटी एक्सप्रेस गर्नको लागि पर्फेक्ट टूल बनाउँछ ।