शीर्षकहरू

नेप्सेमा ५ अंकको वृद्धि, कारोबार भने एक अर्ब भन्दा कम

नेप्सेमा ५ अंकको वृद्धि, कारोबार भने एक अर्ब भन्दा कम

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन आज सोमबार सामान्य अंकले बढेर बन्द भएको छ । आज नेप्से ५.०९ अंकले बढेर एक हजार ९ सय ९८ दशमलब ४८ विन्दुमा बन्द भएको हो ।             

परिसूचक बढेपनि आज एक अर्ब भन्दा कमको मात्र कारोबार भएको छ । आज ९८ करोड ८६ लाख २८ हजार रुपयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका ११८ कम्पनीको शेयरमूल्य बढेको छ भने ९७ कम्पनीको शेयरमूल्य घटेको छ । १२ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।    

नेप्सेका अनुसार एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा कुथेली बुखेरी स्मल हाइड्रोपावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८४८.३० रुपैयाँ पुगेको छ ।

आज स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य पनि ४.३८ प्रतिशतले घटेको छ । अघिल्लो कारोबारमा कमाएका यो कम्पनी लगानीकर्ताहरुले आज सर्वाधिक गुमाएका छन् । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी लक्ष्मी सनराइज बैंक लिमिटेडको भएको छ । यस कम्पनीको आज ७ करोड ३१ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।