aarthiknews.com बुधबार, १० असोज २०८०   Wednesday, 27 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

पर्यटनमन्त्री किरातीलाई पितृशोक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ भदौ २०८०
himalayanlife
पर्यटनमन्त्री किरातीलाई पितृशोक
DHI
NIBL

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पितृशोक परेको छ । उनका बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा आज बिहान वीर अस्पतालमा निधन भएको मन्त्री किरातीको सचिवालयले जनाएको छ ।

मन्त्री किरातीका बुवा लामो समयदेखि अस्वस्थ भइ उपचाररत रहेका थिए । उनले आफ्ना पिताप्रति सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन् । 

मन्त्री किरातीका बुवाको पार्थिव शरीर आजै पुख्र्यौली घर भोजपुरको ओख्रे गाउँ लैजाने तयारी भइरहेको उनको निजी सचिवालयले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस