शीर्षकहरू

भ्रष्टाचार आरोपमा लेखा अधिकृत पोखरेलविरुद्ध मुद्दा दायर

भ्रष्टाचार आरोपमा लेखा अधिकृत पोखरेलविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा एक लेखा अधिकृतविरुद्द मुद्दा दायर गरिएको छ । आयोगले सडक डिभिजन लहानका  लेखा अधिकृत पदम विनोद भन्ने पद्म बिनोद पोखरेलविरुद्द मुद्दा दायर गरेको हो । 

लेखा अधिकृत पोखरेलले सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस÷रिसवत माग गरेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले पोखरेललाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा गत असार २६ गते नियन्त्रणमा लिएको थियो । 

उनले सो रकम घु वापत नै लिएको पुष्टि भएको आयोगको दाबी छ ।  एक लाख रुपैयाा बिगो मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।