शीर्षकहरू

खरिद बिल नराख्ने पसललाई विभागले तिरायो जरिवाना

खरिद बिल नराख्ने पसललाई विभागले तिरायो जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खरिद बिल नराख्ने विभिन्न पसललाई जरिवाना तिराएको छ । विभागले आइतबार गरेको बजार अनुगमनमा विभिन्न ठाउँका पसलहरुमा अनुगमन गरेको थियो । 

सोहि क्रममा विभागले भत्केपाटीको खाद्य वस्तु पसलेलाई खरिद बिल बिजक नराखेका कारण पाँच हजार रुपैयाँ जरिवाना तिराएको छ । सोहि ठाउँमो र्को एक पसललेलाई समेत विभागले १० हजार रुपैयाँ जरिवाना तिराएको छ । 

खरिद बिल बिजक नराख्ने भत्केपाटीका एक पसलेलाई १० हजार, हातेमालो समाजका अर्का एक पसलेलाई १० हजार र संगमचोकमा रहेको एक किराना पसलेलाई १० हजार रुपैयाँ जरिवाना तिराएको छ । अन्य केहि स्थानका पसलेहरुलाई भने कागजात मागदेखि सामान्य निर्देशनमा छोडिएको विभागले जनाएको छ ।