शीर्षकहरू

१ अर्ब बढी लगानीमा कथ्था, रेजिन र एग्रो उड कम्पनी सञ्चालनमा

१ अर्ब बढी लगानीमा कथ्था, रेजिन र एग्रो उड कम्पनी सञ्चालनमा

भैरहवा । माउण्ट एग्रो उड प्रालिले आफ्ना उत्पादनहरु बजारमा ल्याउने तयारी गरेको छ । तिलोत्तमा नगरपालिका वडा नं. १६ पर्सहवामा रहेको उद्योगले  नरम तथा हार्ड उडलाई ट्रिटमेन्ट सिजिङ फिगर जैन गरी भ¥याङ, वालपेनलिङ, फलसिलिङ, कार्पेटिङका वस्तुहरु बजारमा ल्याउने तयारी गरेको हो ।  कम्पनीका अध्यक्ष बसन्त रोक्का क्षेत्रीका अनुसार करिब १ अर्ब बढी लगानीमा कथ्था, रेजिन र एग्रो उर्ड कारखाना सञ्चालनमा आएको हो ।

जङ्गलमा खेर गइरहेको खयरको काठलाई सय दिनको प्रशोधन प्रोसेसबाट कम्पनीले कथ्था उत्पादन गर्ने गरेको छ । यहाँ उत्पादित कथ्था ८० प्रतिशत भारत निर्यात र २० प्रतिशत मात्र नेपालमा खपत हुने अध्यक्ष क्षेत्री बताउछन् । वार्षिक ६० लाख किलो ग्राम उत्पादन गर्ने क्षमता कम्पनीको रहेता पनि कच्चा पदार्थको अभावले ३५ लाख किलो उत्पादन हुने गरेको माउण्ट एभरेष्ट कथ्था मिल्स उद्योगका अध्यक्ष रोक्का क्षेत्रीको भनाइ छ ।  

कम्पनीले कथ्थाको लागि प्रयोग हुने कच्चा पदार्थ खयरको काठ पूर्व मेचिदेखि पश्चिम महाकालि सम्मबाट खरिद गरेर ल्याउने गरेको छ । माउण्ट रोजिन टर्पाइनटाइन प्रालिले सल्लाको खोटो (रेजिन) बाट रोजिन, तारपिन तेल लगायतका सामग्रीहरु उत्पादन गर्ने गरेको अध्यक्ष क्षेत्रीले बताए ।

यस्ता उद्योगलाई राज्यले प्रोत्साहन गरी व्यापार प्रवद्र्धनमा सहजिकरण गर्ने हो भने आयातलाई कम गर्न सकिन्छ । स्वदेशमै उत्पादित चिजवस्तुलाई प्रयोग गर्दा नेपाली पैसा अन्तर्राष्ट्रि बजारमा नजाने र निर्यातबाट राम्रो आम्दानी गर्न सकिन्छ ।