शीर्षकहरू

नेप्सेमा झिनो अंकको वृद्धि

नेप्सेमा झिनो अंकको वृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा साताको दोस्रो कारोबारको  दिन आज सोमबार सामान्य अंकको वृद्धि भएर बन्द भएको छ । आज नेप्से ५.८४ अङ्कले बढेर दुई हजार एक सय ६ दशमलव १८ विन्दुमा पुगेको हो ।  

त्यस्तै, सोमबार एक अर्ब ८५ करोड ८० लाख बराबरको कारोबार भएको छ । नेप्से परिसूचक बढे पनि अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घटेको छ । आजको कारोबारमा १११ कम्पनीको शेयर मूल्य बढेको छ भने ९९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ७ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । 

आज सबैभन्दा बढी विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यसको शेयर मूल्य आज ४ प्रतिशत भन्दा बढीले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज ८ करोड ८८ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।     

आज सबैभन्दा बढी शिवम् सिमेन्टको कारोबार भएको छ । यस कम्पनीको आज ८ करोड ८८ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको हो ।