शीर्षकहरू

ई–कमर्स स्टार्टअप कम्पनीमा ९० प्रतिशत कर्मचारी हटाएर रोबोर्ट नियुक्त

ई–कमर्स स्टार्टअप कम्पनीमा ९० प्रतिशत कर्मचारी हटाएर रोबोर्ट नियुक्त

एजेन्सी । ई–कमर्स स्टार्टअप कम्पनी ‘दुकान’ ले आफ्ना ९० प्रतिशत कर्मचारीलाई हटाएर आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित च्याटबट राख्ने निर्णय गरेको छ । मंगलबार जानकारी दिँदै स्टार्टअप कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत सुमित शाहले नाफा कमाउने कुरालाई प्राथमिकता दिँदै कर्मचारीको सट्टा एआई च्याटबटको सेवा लिने निर्णय गरिएको बताए ।

शाहले ट्वीटमा भनेका छन्, ‘यस च्याटबोट एआईका कारण हामीले हाम्रो समर्थन टोलीका ९० प्रतिशत सदस्यलाई हटाउनुपरेको थियो। यससँगै च्याटबटको सुरुवातसँगै सहयोग सेवाको लागत ८५ प्रतिशतले घटेको र रिजोल्युसनमा लाग्ने समय पनि दुई घण्टाबाट तीन मिनेटमा झरेको शाहले दाबी गरेका छन् ।'

सामाजिक सञ्जाल ट्विटरमा धेरैले पसलका ९० प्रतिशत कर्मचारीलाई हटाउने कार्यलाई असंवेदनशील कदम भन्दै कडा आलोचना गरेका छन् । तर, शाहले निर्णयको बचाउ गर्दै भने, ‘अर्थतन्त्रको अवस्था हेर्दा स्टार्टअपले युनिकर्न बन्नुभन्दा नाफा कमाउनलाई प्राथमिकता दिइरहेका छन् र हामी पनि त्यही गरिरहेका छौं ।' बर्खास्त गरिएका कर्मचारीहरूले पाएको क्षतिपूर्तिको बारेमा प्रयोगकर्ताको प्रश्नको उनले सीधा जवाफ दिएनन्।