शीर्षकहरू

भ्रष्टाचारविरुद्धको अभियानमा सरकारलाई सहयोग गर्छौंः सभापति लामिछाने

भ्रष्टाचारविरुद्धको अभियानमा सरकारलाई सहयोग गर्छौंः सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रबि लामिछाने सरकारले अघि बढाएको भ्रष्टाचारविरुद्धको अभियानमा आफ्नो पार्टीको साथ रहने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सभापति लामिछानेले मिटरब्याज पीडितलाई न्याय दिनका लागि सगरकाले अघि सारेको काम सकारात्मक रहेको भन्दै रास्वपाको पूर्णसमर्थन रहने समेत स्पष्ट पारे ।

उनले राष्ट्रिय स्वाधिनता र स्वाभिमानताका विषयमा यसरी संसदमा जवाफ दिनुपर्ने वातावरण फेरि सिर्जना नहोस् भनी प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराए । नेकपा (एमाले) का सांसद गोकुल बास्कोटाले समसामयिक विषयमा उठेका विषयमा प्रधानमन्त्रीले सदनलाई जवाफ दिएर विश्वासको वातावरण सिर्जना गर्नुपर्ने माग गरे । उनले मुलुकको सार्वभौमिकताको प्रवद्र्धनमा सबै जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहेका सांसद राजेन्द्र लिङ्देलले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबारे सदनलाई स्पष्ट जवाफ दिनुपर्ने माग गरे ।प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले संसदमा जवाफ दिँदै छन्।