aarthiknews.com सोमबार, १५ असोज २०८०   Monday, 02 October, 2023
 
Rajaswo Anusandhan Bighag
British College

२३ निर्माण कम्पनीलाई सात दिने अल्टिमेटम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ असार २०८०
himalayanlife
२३ निर्माण कम्पनीलाई सात दिने अल्टिमेटम
DHI
NIBL

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले विभिन्न २३ निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरुलाई सात दिन भित्र कालोसूचीमा राख्न नपर्ने आधार प्रमाणहरुको लिखित स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ । कार्यालयले आइतबार एक सूचना जारी गर्दै उक्त निर्माण व्यवसायी तथा आपुर्तिकर्ताहरुलाई यस्तो निर्देशन दिएको हो ।

कार्यालयले कालोसूचीमा राख्न सिफारिस गरेका कम्पनी तथा आपूर्तिकर्तालाई यसअघि ३० दिनको म्याद दिएर स्पष्टीकरण माग गरिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ । सो अवधिभित्र स्पष्टीकरण नबुझाएपछि पुनः सात दिनको म्याद दिएर स्पष्टीकरण मागिएको हो ।


 

प्रतिक्रिया दिनुहोस