शीर्षकहरू

एलओडी क्लवका सञ्चालक सिंह बालिका बलात्कारको आरोपमा पक्राउ

एलओडी क्लवका सञ्चालक सिंह बालिका बलात्कारको आरोपमा पक्राउ

काठमाडौँ । ललितपुर प्रहरीले १५ वर्षीया किशोरी बलात्कारको घटनामा एलओडी (लर्ड अफ ड्रिंक्स) का सञ्चालक राजुसिंह सुवाललाई बिहीबार पक्राउ गरेको छ । ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहका अनुसार सुवाललाई बालुवाटारबाट पक्राउ गरिएको हो । 

कम्पनीको प्रबन्धपत्रमा रूदिलबल्लव श्रेष्ठ र राजुसिंह सुवाल सञ्चालक छन् । उनीहरूविरूद्ध असार १३ गते नै पक्राउपुर्जी जारी भएको थियो । घटनाबारे थप अनुसन्धानका लागि सुवाललाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइने एसएसपी शाहले जानकारी दिए । पक्राउपुर्जी जारी भएकामध्ये श्रेष्ठ भने फरार छन् ।

गत जेठ ३१ गते राती एलओडीबाट मदिरा सेवन गराई १५ वर्षीया किशोरीलाई गाडीमा हालेर ललितपुर बागडोलाम पुर्‍याएर सुदनबहादुर कोइरालाले बलात्कार गरेको आरोप लागेको थियो । ललितपुर प्रहरीले बलात्कार आरोपित कोइरालालाई सोही दिन पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

किशोरीलाई एलओडीमा प्रवेश गराएको विषयमा बालबालिकासम्बन्धी ऐन–२०७५, दफा ६६ को उपदफा २ को (क) र (ख) बमोजिम सञ्चालक कारबाहीको भागिदार हुने भन्दै प्रहरीले पक्राउ गरेको हो ।