शीर्षकहरू

नेप्से ३० इन्डेक्सको आन्तरिक परिक्षण गर्न पायो अुनमति, के हो नेप्से ३० इन्डेक्स

नेप्से ३० इन्डेक्सको आन्तरिक परिक्षण गर्न पायो अुनमति, के हो नेप्से ३० इन्डेक्स

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेको संचालक समितिको बैठकले  ’नेप्से ३० इन्डेक्स’ को परिक्षणको लागि स्वीकृति दिएको छ  । नेप्सेको असार २० गते बसेको संचालक समितिको बैठकले ‘नेप्से ३० इन्डेक्स’ को आन्तरिक परिक्षणको लागि स्वीकृति दिएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए  ।

परिक्षण सकिएपछि पुनः संचालक समितिमा जाने छ । त्यसपछि संचालक समितिले नियमित कारोबारमा लैजाने अनुमति दिएसँगै लगानीकर्ताले उक्त इन्डेक्स हेर्न पाउने नेप्सेले जनाएको छ ।

के हो त नेप्से ३० ?
नेप्से ३० अहिले चालिरहेको इन्डेक्सजस्तै एउटा इन्डेक्स हुन्छ । यसले अरु इन्डेक्स जस्तै यसले मार्केटको मुभमेन्ट हाई र लोलाई रिफलेक्स गर्छ । यो आफैमा प्रोडक्टको रुपमा पनि डेभलप गर्न सकिन्छ । यो चाहि तत्कालको लागि होइन भविष्यमा । जसरी शेयर, ऋणपत्र म्युचुअल हामीहरुले किनिरहेका छौ त्यस्तै गरी नेप्से ३० लाई पनि खरीद विक्री गर्न सकिनेछ ।

नेप्सेको भासामा यो आफैमा फाइनान्सियल प्रोडक्ट हुन्छ । अर्को काम भनेको यो इन्डेक्स बनाउँदा ३० ओटा कम्पनीहरु समावेश भएका हुन्छन् । यसरी छानिएका कम्पनीहरुलाई कपि गर्ने गरेर म्युचुअल फण्ड जस्तै पोर्टफोलियो म्यानेजमेन्ट जस्तै पनि बनाउन सकिन्छ ।

यो भनेको म्युचुअल फण्डले अहिले जसरी आफै अध्धययन गरेर कम्पनीहरु छानेर त्यसमा लगानी गरी त्यसबाट भएको नाफाबाट  आफ्ना लगानीकर्ताहरुलाई फिर्ता गर्छन त्यस्तै जस्तो नेप्से ३० मा फोकस गरेर पनि एउटा म्युचुअल फण्ड जस्तो फण्ड लञ्च पनि गर्न सकिन्छ । जसले गर्दा नेप्से ३० मा भएका कम्पनीहरुमा लगानी गर्न पाइन्छ । 

प्रस्तावित नेप्से ३० इन्डेक्समा समावेशका लागि सूचीकृत संगठित कम्पनी छनोटका आधारहरु 
१) प्रतिशेयर चुक्ता मूल्य भन्दा प्रतिशेयर कितावी मूल्य बढी हुनुका साथै विगत ५ आर्थिक वर्षमध्ये पछिल्लो आर्थिक वर्ष सहित कम्तिमा ३ वर्ष खुद नाफामा रहेको

२) अघिल्लो आर्थिक वर्षमा प्रतिशेयर आम्दानी चुक्ता मूल्यको न्युनतम १० प्रतिशत रही सोही वर्षको वार्षिक मुन्द्रास्फीति दर भन्दा बढी रहेको

३) कम्पनीको कम्तिमा २५ प्रतिशत शेयर सर्वसाधारणमा जारी भएको वा कुल फ्रि फ्लोट बजार पूँजीकरणमा सम्बन्धित कम्पनीको फ्रि फ्लोट बजार पूँजीकरण एक प्रतिशतभन्दा बढी रहेको

४) शेयरधनीको संख्या कम्तिमा २० हजार रहेको

५) पछिल्लो ६ महिनाको अवधिमा दैनिक औषत २५ लाख रुपैयाँ वा सोभन्दा बढी रकमको कारोबार भई दैनिक औषत ५००० कित्ता वा सोभन्दा बढी कित्ताको कारोबार भएको र दैनिक औषत ४० वा सो भन्दा बढी पटक कारोबार भएको

६) पछिल्लो ६ महिनाको अवधिमा उपलब्ध कारोबार दिनहरु मध्ये न्यूनतम ७५ प्रतिशत दिनहरुमा कारोबार भएको ।

प्रस्तावित नेप्से–३० इन्डेक्सको गणना विधि

१) उपरोक्त मापदण्डहरुबाट छनौट भएर आएका कम्पनीहरुको प्रारम्भित सूची तयार गर्ने

२) प्रारम्भिक सूचीमा समावेश भएका सबै सूचीकृत संगठित संस्थाको प्रि फ्लोट बजार पूँजीकरण, पछिल्लो वर्षको प्रतिशेयर आम्दानी, कारोबार रकम, कारोबार संख्या तथा कारोबार कित्ताका आधारमा प्रत्येकलाई दिएको उदाहरण अनुसार भार प्रदान गरी कुल भार गणना गर्ने

३) सूचिकृत संगठित संस्थाहरुलाई बैंक तथा वित्तीय संस्था, लघुवित्त, बीमा, जलविद्युत, उत्पादनमुलक, व्यापार तथा सेवा गरी ६ वटा क्षेत्रगत समुहमा वर्गिकरण गरी बुँदा नं २ मा उल्लेख गरिएको विधि अनुसार प्रत्येक समुह भित्र छुट्टैछुट्टै कम्पनीको आ–आफ्नै समुहमा कुल भार गणना गर्ने र उच्चतम भार प्राप्त गर्ने संगठित संस्थाहरुबाट ८ वटा कम्पनी छनौट गर्ने । कुनै समुहमा ८ संगठित संस्था भन्दा कम छनौट भएमा उपलब्ध सबै संगठित संस्था छनौट गर्ने

४) बुँदा नं। ३ अनुसार छनौट भएका संगठित संस्थाहरुको संख्या ३० भन्दा बढी भएमा बुँदा नं। २ अनुसार गणना गरिएको कुल भारमा कम भार भएका कम्पनीहरुलाई हटाई ३० कम्पनी कायम गर्ने र यसरी कम्पनी हटाउदा प्रत्येक समुहबाट कम्तिमा एक संगठित संस्था कायम गर्ने

५) बुँदा नं ३ अनुसार छनौट भएका संगठित संस्थाहरुको संस्था ३० भन्दा कम भएमा प्रत्येक समुहबाट ८ भन्दा बढी कम्पनी छनौट नहुने गरी बुँदा नं २ अनुसार विधिबाट सूचीकृत सबै कम्पनीको कुल भार गणना गर्ने र उच्चतम भार प्राप्त गर्ने कम्पनी थप गरी कम्पनीको संख्या ३० पु¥याउने