शीर्षकहरू

टेकु प्रयोगशालाका अधिकृत भट्टराई विरुद्ध भ्रष्टाचार मुद्दा

टेकु प्रयोगशालाका अधिकृत भट्टराई विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अधिकृत लेखनाथ भट्टराई विरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले जनस्वास्थ्य प्रयोगशाला टेकुमा कार्यरत मेडिकल ल्याब टेक्नोलोजिष्ट (अधिकृत छैठौ तह) का भट्टराई विरुद्ध बिहिबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । 

आयोगका अनुसार भट्टराईले ल्याब दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी परेको थियो ।

सोही निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस÷रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित जेठ २६ गते शुक्रबार शंखमुलबाट नियन्त्रण लिएको थियो । उनी विरुद्ध सोही रकम बराबरको जरिवाना र विगो माग दावीसहति मुघा दायर गरेको हो ।