शीर्षकहरू

नापी कार्यालय मनमैजुका दुई कर्मचारी विरुद्ध मुद्दा दायर

नापी कार्यालय मनमैजुका दुई कर्मचारी विरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका आरोपमा नापी कार्यालय मनमैजुका दुई कर्मचारी विरुद्ध मुद्दा दायर गरेको छ । 
आयोगले नापी कार्यालय मनमैंजुका नापी सर्भेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अविशेक कार्की विरुद्ध घुुस÷रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार नापी सर्भेक्षक उपरकोटी र लेखापढी व्यवसायी कार्कीले जग्गाको कित्ताकाट गरी राजीनामा पास गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी परेको थियो ।

सोही निवेदनका आधारमा आयोगको टंगालबाट खटिई गएको टोलीले सर्भेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी कार्कीलाई सेवाग्राहीबाट एक लाख ७५ हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । आयोगले उनीहरु विरुद्ध सोही रकम बराबरको विगो र जरिवानाको मागदावी सहित मुद्दा दायर गरेको हो ।