शीर्षकहरू

बैंक तथा वित्तीय संस्थामा ५ करोडभन्दा बढी खाता, १८ लाखभन्दा बढी ऋणखाता

बैंक तथा वित्तीय संस्थामा ५ करोडभन्दा बढी खाता, १८ लाखभन्दा बढी ऋणखाता

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा खुलेका निक्षेप खाता संख्या ५ करोड नाघेको छ । यो नेपालको कुल जनसंख्या भन्दा २ करोड ९ लाख ४८ हजार बढी हो । यसको अर्थ सबै नेपालको पहुँचमा बैंक पुगेको भन्ने होइन । एक व्यक्तिले एक भन्दा धेरै बैंक तथा वित्तीय संस्थामा खाता खोल्न पाइन्छ । यसकारण एकै व्यक्तिले विभिन्न बैंकमा गरेर एकभन्दा बढी खाता खोलेकाले कुल जनसंख्याको तुलनामा निक्षेप खाता संख्या धेरै देखिएको हो ।

राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ । राष्ट्र बैंकका अनुसार वैशाखसम्म क, ख र ग वर्गका वित्तीय संस्थामा गरी कुल ५ करोड १ लाख १३ हजार ४ सय ९८ वटा निक्षेप खाता खुलेका छन् । सोही अवधिमा ऋण खाता भने १८ लाख ४२ हजार ९ सय ३० रहेका छन् ।

उता ‘प्रदेश र जिल्लास्तरमा वित्तीय साक्षरताको अवस्था र वित्तीय समावेशिताको स्थिति’ सम्बन्धी सर्वेक्षण–प्रतिवेदनले ७१।८३ प्रतिशत वयस्क जनसंख्या आर्थिक गतिविधिका लागि साहुमहाजन, परिवार तथा साथीभाइमै निर्भर रहेको देखाएको छ ।