शीर्षकहरू

विश्वासको मत मागेर मुख्यमन्त्री भागे : उद्धव थापा

विश्वासको मत मागेर मुख्यमन्त्री भागे : उद्धव थापा

विराटनगर । नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले विश्वासको मत मागेर मुख्यमन्त्री भागेको गुनासो गरेका छन् । मुख्यमन्त्रीले  विश्वासको मत मागेपछि मतविभाजनका लागि सभामुखले ३० मिनेटका लागि बैठक स्थगित गरेका थिए ।

 तथ्यांक लिएर आउँछु भन्दै प्रदेशसभा परिसरबाट बाहिरिएका मुख्यमन्त्री नआएपछि बैठक अनिश्चित बनेको छ । ‘विश्वासको मत मागेर मुख्यमन्त्री भाग्नुभयो, कांग्रेस दलका नेता थापाले भने, हामी कुरेका कुरै छौं ।'

मुख्यमन्त्री कार्कीले प्रमुख सचेतक रेवतिरमण भण्डारीमार्फत् भोलिका लागि बैठक सार्न सभामुखलाई आग्रह गरेका थिए । तर प्रतिपक्षी दलले आजै बैठक बसेर टुङ्गो लगाउनु पर्ने बताएका छन् । 

कांग्रेस दलका नेता थापाले आज बैठक बस्नका लागि मुख्यमन्त्रीलाई कुरेर बसेको बताए । सत्ता पक्षीय सांसद भने बैठक स्थगित भएपछि प्रदेशसभा सचिवालयबाट बाहिरिएका छन् ।