शीर्षकहरू

भ्लादिमिर पुटिनको २२ वर्षे शासनमा सबैभन्दा ठूलो चुनौती, सैनिक कू रोकिएको हो ?

भ्लादिमिर पुटिनको २२ वर्षे शासनमा सबैभन्दा ठूलो चुनौती, सैनिक कू रोकिएको हो ?

रोस्तोभ–अन–डन, रुस । युक्रेनविरुद्धको हमलामा रुसी सेनाले मोहराका रूपमा प्रयोग गर्दै आएको निजी अर्धसैनिक सेनाले विद्रोह गरेको छ । रुसी रक्षा मन्त्रालय र सैन्य नेतृत्वलाई अपदस्थ गर्ने घोषणाका साथ मस्कोतर्फ अघि बढेको विद्रोही फौजले राष्ट्रपति भ्लादिमिर पुटिनको २२ वर्षे शासनमा सबैभन्दा ठूलो चुनौती खडा गरेको छ, यद्यपि शनिबार राति भने विद्रोही कमान्डरले मस्कोतर्फको यात्रा रोक्न आदेश दिएका छन् । 

राष्ट्रपति पुटिनका पूर्वसहयोगी यभगेनी प्रिगोजिन नेतृत्वका वाग्नर फौजलाई रुसी सरकारले भाडामा प्रयोग गर्दै आएको थियो । वाग्नर समूहले सुरुमा २०१४ मा पूर्वी युक्रेनमा रुस समर्थक पृथकतावादी समूहसँग मिलेर लडेको थियो । त्यसपछि नै यस निजी सैन्य कम्पनीको चर्चा बढेको हो । २०२२ मा पनि यस समूहमा ठूलो संख्यामा युवाहरू भर्ती भएका थिए ।

युक्रेनमाथि रुसले हमला गरेयता विगत डेढ वर्षदेखि रुसी सेना र वाग्नर फौजले एकाकार थिए । तर, पछिल्ला केही सातामा दुई समूहबीच अविश्वास बढेको थियो, रुसी सेनाले आफ्नो शिविरमा मिसाइल हमला गरेको भन्दै उत्तेजित वाग्नर सेनाले रुसी सेनाको नेतृत्व नै अपदस्थ गर्ने गरी युद्ध घोषणा गरेको हो ।