शीर्षकहरू

मेयर बालेन्द्रले रोकेको शैक्षिक मेला आजदेखि, निशुल्क प्रवेशको व्यवस्था

मेयर बालेन्द्रले रोकेको शैक्षिक मेला आजदेखि, निशुल्क प्रवेशको व्यवस्था

काठमाडौं । कान्तिपुर हिसान एडुफेयर (शैक्षिक मेला) शुक्रबार बिहान १० बजेदेखि भृकुटीमण्डप प्रर्दशनी हलमा सुरु हुँदैछ । एसईई र कक्षा १२ को परीक्षा नतिजा कुरेर बसेका विद्यार्थी र तीनका अभिभावकलाई लक्षित गरी मेला आयोजना गरिएको आयोजकले जनाएको छ ।

असार १० गते आइतबारसम्म चल्ने मेलामा ७५ भन्दा बढी शैक्षिक संस्थाको स्टलहरु रहनेछन् ।

मेलामा निःशुल्क प्रवेश गरेर नेपालको शिक्षा प्रणाली र शिक्षण संस्थाबारे जानकारी प्राप्त गर्न सकिने कान्तिपुर हिसान एडुफेयरका संयोजक टंकराज आचार्यले जनाए । जेठ ३२ गते सुरु भएको मेलामा काठमाडौं महानगरपालिकाले हस्तक्षेप गरेपछि रोकिएको थियो । पाटन उच्च अदालतले मेलामा अवरोध नगर्न अन्तरिम आदेश दिएपछि पुनः मेलालाई निरन्तरता दिन लागिएको आयोजकले जनाएको छ । एडुफेयरमा विद्यार्थी, अभिभावकलाई शैक्षिक परामर्श दिइने आचार्यले बताए ।

कक्षा ११ र स्नातक तह ९ब्याचलर०मा भर्नाको तयारीमा रहेका विद्यार्थी, अभिभावकलाई पढ्ने संकायरविषय, पाठ्यक्रम, शैक्षिक संस्था, भर्ना प्रक्रिया, अनुमानित शुल्क, परीक्षा, मूल्यांकन विधि, छात्रवृत्ति प्रक्रियालगायत विविध जानकारी दिइने आयोजकले जनाएको छ । शैक्षिक संस्थाका शिक्षक र पढिरहेका विद्यार्थीसँग मेलामा आउने विद्यार्थीले छलफल र परामर्श लिनसक्ने व्यवस्था गरिएको छ ।

एडुफेयरमा पहिलो पटक काठमाडौं विश्वविद्यालयले पनि सहभागिता छ । त्यसबाहेक कक्षा ११ र १२ पठनपाठन गराउने विद्यालयहरुसहित त्रिभुवन, काठमाडौं, पूर्वाञ्चल, पोखरा, मध्यपश्चिम विश्वविद्यालय र सीटीईभीटीबाट सम्बन्धनप्राप्त शिक्षण संस्थाको सहभागिता रहने छ । कान्तिपुर पब्लिकेसन्स् र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) ले संयुक्त रुपमा मेलाको आयोजना गरेका हुन् । ‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नारा दिइएको छ । नेपालमा सञ्चालित शिक्षालयहरुले दिने गुणस्तरीय र उत्कृष्ट शिक्षाका बारेमा सही जानकारी एवं परामर्श दिन लागिएको हिसानको पदाधिकारीहरुको भनाइ छ ।