शीर्षकहरू

‘ह्वावे डिजिटल नेपाल कन्क्लेभ–२०२३’ र मोबाइल नेपाल कंग्रेस हुँदै

‘ह्वावे डिजिटल नेपाल कन्क्लेभ–२०२३’ र मोबाइल नेपाल कंग्रेस हुँदै

काठमाडौं । यही असार ८ र ९ गते ‘ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ– २०२३’ को आयोजना हुने भएको छ । आइसिटी फाउण्डेसन नेपालको आयोजनामा हुन गइरहेको कन्क्लेभसँगै ह्वावेले मोबाइल नेपाल कंग्रेश (एमएनसी) को पनि आयोजना गर्ने भएको हो । 

कन्क्लेभमा विभिन्न देशका आइसिटी विज्ञहरू सहित ७० बढी स्रोत व्यक्तिहरू रहेका छन् । द सोल्टी काठमाडौँमा आयोजना हुने कन्क्लेभमा विभिन्न ६ थिममा १५ बढी सेसनहरू सञ्चालन हुनेछन् । दुई दिने कन्क्लेभमा दक्षिण कोरिया, सिंगापुर, भारत, बङ्गलादेशबाट विषय विज्ञहरूको उपस्थिति रहनेछ ।

‘फोस्टरिङ डिजिटल्ली सक्षम नेपाल’ को नारासहित आयोजना हुने कन्क्लेभले डिजिटल रूपान्तरणको लागि नेपालको सक्षमता र यसको लागि आवश्यक नीति र कार्यान्वयनमा जोड दिनेछ ।

असार ८ गते बिहान १० बजेदेखि हुने उद्घाटन कार्यक्रममा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञहरूको ४ वटा कि–नोट र मन्त्री रेखा शर्मासँगको पावर संवाद सेसन हुनेछ । यसैगरी पहिलो दिनको सेसनमा डिजिटल पूर्वाधार, डिजिटल परिचय (आइडेन्टिटी) र डिजिटल गभर्नेन्स सम्बन्धी सेसनहरू रहेका छन् ।