शीर्षकहरू

एपेक्स मकालु हाइड्रोपावरको विशेष साधारण सभा असार ८ गते, आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्ने

एपेक्स मकालु हाइड्रोपावरको विशेष साधारण सभा असार ८ गते, आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्ने

काठमाडौं । एपेक्स मकालु हाइड्रोपावर लिमिटेडले विशेष साधारण सभा असार ८ गते गर्ने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो २ बजे गर्ने जानकारी दिएको छ । सभाले जारी पूँजीको २० प्रतिशत बराबरको साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन स्वीकृत गर्ने, नियामक निकायहरुबाट थपघट फेरबदल गर्न निर्देशन वा सुझाव भएमा सोही बमोजिम गर्न सञ्चालक समितीलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।