शीर्षकहरू

अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी अमेरिकी क्लब इन्टर मियामीमा

अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी अमेरिकी क्लब इन्टर मियामीमा

काठमाडौं । अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी अमेरिकी क्लब इन्टर मियामीमा अनुबन्धित हुने भएका छन् । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेका फरवार्ड मेस्सीले मियामीसँग मौखिक सहमति गरेको बताईएको छ ।

मेस्सीले यस सिजनको अन्त्यसँगै पीएसजी छाडेका हुन् । अर्जेन्टिनाका कप्तान मेस्सीले २०२१ मा पीएसजीसँग दुई वर्षको सम्झौता गरेका थिए ।

मेस्सीले पीएसजीका लागि सबै प्रतियोगितामा ७४ खेलमा ३२ गोल गरेका थिए । विश्वकप विजेता मेस्सीले हालै बार्सिलोना र साउदी अरेबियाको अल हिलालको प्रस्ताव अस्विकार गरेका थिए ।